घरमा बस्दा सनस्क्रीन लगाउने कि नलगाउने ?

नेपालभ्युज

घरमा बस्दा सनस्क्रीन लगाउने कि नलगाउने ?

एजेन्सी । गर्मी मौसम बढेसँगै घामको किरणले छालामा गर्ने असर पनि बढ्दै जान्छ । यस्तोमा धेरैलाई सनस्क्रीन घरमा बसिरहेको अवस्थामा लगाउने कि नलगाउने भन्ने लाग्छ । आज यहीबारेमा जान्ने कोसिस गरौं ।

अहिले धेरै मानिस मोबाइल, ल्यापटप, कम्यूटर आदिमा समय बिताउने गर्छन् । यस्तोमा स्क्रीनबाट निस्कने निला किरणले एजिंगको समस्या बढाउँछ । यसबाट बच्न पनि घरमा सनस्क्रीन लगाउनु पर्दछ ।

सूर्यबाट निस्कने यूवी किरणले छालामा एकदमै धेरै नोक्सान पुर्‍याउँछ जसले गर्दा उमेरमै अनुहारमा बुढ्यौली देखिने तथा छाला सम्बन्धी समस्या हुने गर्छन् । यस्ता समस्याबाट बच्न घाममा निस्कनु अघि त अनिवार्य रुपमा सनस्क्रीन लगाउनु पर्दछ ।

घरमै बसिरहेको अवस्थामा पनि घामका खराब किरण हाम्रो अनुहार तथा शरीरमा पुगिरहेका हुन्छन् त्यसैले दिउँसोको समयमा घरमा बस्दा पनि सनस्क्रीन लगाउनु पर्दछ ।

घरभित्र बस्दा वा बाहिर निस्कँदा सनस्क्रीनको प्रयोग गर्नाले छालामा हुने चाउरीपना, काला दागधब्बा आदिबाट बच्न सकिन्छ ।

नियमित रुपमा सनस्क्रीनको प्रयोगले छालामा हुने विभिन्न समस्याबाट बच्न सकिन्छ । यसका लागि छालाको प्रकार अनुसारकै सनस्क्रीन छान्नुपर्ने हुन्छ । जसका लागि तपाईंले छाला रोग विशेषज्ञको सल्लाह पनि लिन सक्नुहुन्छ ।

सनस्क्रीन नियमित रुपमा लगाउँदा छालामा हुने विभिन्न रोग तथा क्यान्सरबाट पनि बच्न सकिन्छ । सनस्क्रीन जहिले पनि घाममा निस्कनुभन्दा आधा घण्टा अगाडि लगाउनु पर्दछ । वा बिहानको समयमा १० बजेतिर लगाउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved