सरकारबाट फिर्ता हुने जसपा नेपालको निर्णय

नेपालभ्युज

सरकारबाट फिर्ता हुने जसपा नेपालको निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ। जसपाको आइतबार बसेको कार्यकारिणी समितिको आकास्मिक बैठकले यसबारे निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

उनका अनुसार  मधेस प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिए लगत्तै पार्टीले केन्द्रीय सरकारबाट फिर्ता हुने निर्णय गरेको हो ।

‘आज कार्यकारिणी समितिको बैठक बसेको थियो । बैठकमा पछिल्ला राजनीतिक घटना क्रमलाई लिएर सरकारबाट बाहिरिने निर्णय भएको हो’ उनले भने, ‘भोलिदेखि केन्द्रीय समिति बैठक पनि बस्दै छ । उक्त बैठकले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्छ ।’

जसपाले   नेतृत्व गरेको मधेस प्रदेश सरकारबाट माओवादी र एमालेले आजै समर्थन फिर्ता लिएका थिए  । संघीय सरकारमा जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री छन् ।

यो पनि 

पार्टी फुटेको एक सातापछि बल्ल सरकार छाड्ने तयारीमा उपेन्द्र यादव


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved