इलाम–२ अपडेटः गनिएका मध्ये करिब आधा मत एमालेलाई, अझै चार पालिका र ३ वडाको गन्न बाँकी

नेपालभ्युज

इलाम–२ अपडेटः गनिएका मध्ये करिब आधा मत एमालेलाई, अझै चार पालिका र ३ वडाको गन्न बाँकी

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका ७ वटा वडाको मतगणना सकिएको छ ।

इलाम क्षेत्र नम्बर २ मा फाकफोकथुम गाउँपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् । अझै चारवटा पालिका र माई नगरपालिकाको ३ वटा वडा छ ।

गएको स्थानीय तह चुनावमा देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको छ । इलाम नगरपालिकाको मेयर र चुलाचुली गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको थियो ।

२०४९ सालको स्थानीय निर्वाचनपछि पहिलोपटक इलाम नगरपालिकामा कांग्रेसले जितेपछि एमालेलाई ठूलो असर परेको छ ।

स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने इलाम–२ मा कांग्रेसले एमालेभन्दा चार सयभन्दा बढी मत ल्याएको थियो ।

कांग्रेसले ३२ हजार ९ सय ७८ मत पाउँदा एमालेले ३२ हजार ५ सय २७ पाएको थियो । माओवादीले २ हजार ७ सय १७, जसपाले ५ सय ५४, एकीकृत समाजवादीले २ सय ७७ र राप्रपाले १ सय ३० मत पाएका थिए ।

अहिले फाकफोकथुममा पालिकाकाे मत गणना सकिदा  सदर मतमध्ये सुहाङले करिब ४७ प्रतिशत मत ल्याएका छन् । नेम्वाङले ४४१३ मत पाएका छन् ।

नेम्वाङलाई प्राप्त मत निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको तुलनामा ११५५ ले बढी छ । खड्काले ३२५८ मत ल्याएका छन्। यो सदर मतको करिब ३५ प्रतिशत हुन्छ ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए ।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved