कोसी प्रदेशको बजेट अधिवेशन आगामी सोमबारका लागि आह्वान गर्न सिफारिस

नेपालभ्युज

कोसी प्रदेशको बजेट अधिवेशन आगामी सोमबारका लागि आह्वान गर्न सिफारिस

काठमाडौं । कोसी प्रदेशको बजेट अधिवेशन वैशाख ३१ गते आह्वान गर्न सिफारिस गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बिहीबार साँझ नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथलगत्तै मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । बैठकले बिनाविभागीय मन्त्री राम रानालाई सरकारको प्रवक्ता तोकेको छ ।

यस्तै, अधिवक्ता चुँडामणि आचार्यको संयोजकत्वमा संघीयता कार्यान्वयन तथा कानुन निर्माणसम्बन्धी एकीकृत अध्ययन कार्यदल गठन पनि गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved