कोशीमा बजेट अधिवेशन आह्वान

नेपालभ्युज

कोशीमा बजेट अधिवेशन आह्वान

काठमाडौं । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले बजेट अधिवेशन आह्वान गरेका छन्।

प्रदेश प्रमुख खापुङ्गले वैशाख ३१ गतेका लागि बजेट अधिवेशन आह्वान गरेको प्रदेशका सूचना अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिए ।

‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले कोशी प्रदेशसभाको पाँचौं अधिवेशन संवत् २०८१ साल वैशाख ३१ गते सोमबार दिनको ११:०० बजे कोशी प्रदेश सभाको सभाहल, विराटनगरमा आह्वान गर्नुभएको छ ।’ सूचनामा उल्लेख छ ।

आगामी सोमबार बिहान ११ बजे प्रदेश सभा हलमा बैठक बस्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved