दुर्गा प्रसाईंका कार्यकर्ताले हाने दुई बैंकको कार्यालयमा ढुङ्गा, ४ जना पक्राउ

नेपालभ्युज

दुर्गा प्रसाईंका कार्यकर्ताले हाने दुई बैंकको कार्यालयमा ढुङ्गा, ४ जना पक्राउ

झापा । दुर्गा प्रसाईंका कार्यकर्ताले झापामा २ वटा बैंकमा ढुङ्गा हानेका छन् ।

‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत बिर्तामोडमा आयोजित र्‍यालीमा समर्थकले बिर्तामोडको ज्योती विकास बैंक र एभरेष्ट बैंकको शाखा कार्यालयमा ढुङ्गा हानेका हुन् ।

४ जना पक्राउ परेका छन् । बिर्तामोड ३ का मनकुमार तामाङ, वडा नम्बर ५ का ‘बुलेट’ भन्ने अन्जेश राई, बुद्वशान्ती गाउँपालिका ४ का दीपेश राई र बिर्तामोड ४ का पवन दुलाल पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बिर्तामोड–५ को सिटी सेन्टरअगाडिबाट सुरू र्या‍ली मुक्तिचोकतर्फ जाँदै गर्दा सोही समूहका १२-१५ जनाले बैंकको शाखा कार्यालय तोडफोडको प्रयास गरेका हुन् ।  बैंकको कार्यालयका सिसा फुटेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved