राप्रपाका नेता श्रेष्ठलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बम रिहा भए

नेपालभ्युज

राप्रपाका नेता श्रेष्ठलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बम रिहा भए

काठमाडौं । राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका नीराजन बम रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले म्याद थप नगरेपछि उनी रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

कालिकोटको तलाताँ गाउँपालिकाका घर भई काठमाडौँको निलोपुल बस्ने ३१ वर्षीय बमलाई बिहीबार प्रहरीले पक्राउ गरेर वृत्त महाराजगन्जमा राखेको थियो । राप्रपाका कार्यकर्ता बम  श्रेष्ठको जाहेरीको आधारमा पक्राउ परेका थिए ।

श्रेष्ठले राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, सहमहामन्त्री प्रेम बलायरसहित रिद्वि जंगबहादुर राणा, हिकमत कार्की र बमविरुद्ध जाहेरी दिएका थिए ।

बम पक्राउ परेपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, कुन्ती शाही, केन्द्रीय सदस्य जनकराज पाठकलगायतका नेताहरूले उनको रिहाइका लागि दबाब दिँदै आएका थिए ।

बमविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा चलाउन म्याद थप गर्न अदालतमा शुक्रबार उपस्थित गराएपनि म्याद नपाएसँगै उनी शुक्रबार नै रिहा भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved