पेमेन्ट गेटवे प्रकरण : सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड जरिवाना

नेपालभ्युज

पेमेन्ट गेटवे प्रकरण : सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड जरिवाना

काठमाडौं । पेमेन्ट गेटवेमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजाय सुनाइएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार सजाय निर्धारण गरिएको हो ।

यसअघि गत वैशाख ७ गते पौडेललाई दोषी ठहरिएको थियो । साथै, पौडेललाई २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवानाको असुलीको सजाय तोकिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध उनी सार्वजनिक पदमा बहाल रहँदाको आयव्ययको तालमेल नदेखिएको ठहरसहित २३ करोड ७५ लाखभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

नेशनल पेमेन्ट गेटवे प्रकरण : टेलिकमका प्रबन्ध निर्देशक पौडेल दोषी ठहर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved