नेशनल पेमेन्ट गेटवे प्रकरण : टेलिकमका प्रबन्ध निर्देशक पौडेल दोषी ठहर

नेपालभ्युज

नेशनल पेमेन्ट गेटवे प्रकरण : टेलिकमका प्रबन्ध निर्देशक पौडेल दोषी ठहर

काठमाडौं । नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन् ।

शुक्रबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । प्रकरणमा आठ जनालाई अदालतले सफाइ दिएको छ ।

पौडेल तत्कालीन राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक हुन् । साथै उनी पछिल्लो पटक नेपाल टेलिकमको प्रबन्ध निर्देशकका रुपमा कार्यरत थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  २०८० असोजमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विषयगत दक्षता र कानूनी अधिकार नभएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)लाई राष्ट्रिय भुक्तानी प्रणाली स्थापनाको जिम्मेवारी दिई रकम निकासा गरेर ठेक्का सम्पन्न भएको पाँच वर्षसम्म प्रणाली सञ्चालनमा नआएको भन्दै अख्तियारले २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर  गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved