रञ्जना मलका २३ वर्षीय व्यापारी, ९ लाखसहित पक्राउ परेपछि अनुसन्धान गर्दा १० करोड ‘अवैध’ कारोबार 

नेपालभ्युज

रञ्जना मलका २३ वर्षीय व्यापारी, ९ लाखसहित पक्राउ परेपछि अनुसन्धान गर्दा १० करोड ‘अवैध’ कारोबार 

काठमाडौं । हुन्डी कारोबारको आरोपमा ९ लाख रुपैयाँसहित पक्राउ परेका युवकमाथि थप अनुसन्धान गर्दा १० करोडको ‘अवैध’ कारोबार खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हुन्डी कारोबार गरेको सूचनाका आधारमा पक्राउ गरेका धनुषाको धनुषाधाम गाउँपालिका–५ घर भएका २३ वर्षीय पीयूष खेतानको कारोबार ठुलो रहेको खुलेको हो ।

काठमाडौं महानगरपालिका–१३ ताहचल बस्दै आएका खेतानलाई उनकै पसलबाट प्रहरीले पक्राउ गरेको थियो ।

रञ्जना कम्प्लेक्सको तेस्रो तलामा फेसन पेसन स्टोर नामक कपडा पसल सञ्चालन गर्दै आएका खेतान ९ लाखसहित पक्राउ परेका थिए ।

२३ पन्ना क्रिप्टो करेन्सीको विवरण पनि फेला परेको थियो । मोबाइल समेत बरामद गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा १० करोडको कारोबार देखिएको खुलेको हो ।

क्रिप्टोको अवैध कारोबार देखिएपछि उनलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २६२ अन्तर्गतको कसुरमा मुद्दा चलाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved