कान्तिपुरका अध्यक्ष सिरोहियालाई धनुषा पठाइयो

नेपालभ्युज

कान्तिपुरका अध्यक्ष सिरोहियालाई धनुषा पठाइयो

काठमाडौं ।  कान्तिपुर पब्लिकेसन्सको कार्यालयबाटै पक्राउ परेका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा पठाइएको छ।

उनलाई आजै थप अनुसन्धानका लागि जाहेरी दर्ता भएको जिल्ला धनुषा पठाइएको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका उपरीक्षक रविन्द्र रेग्मीले भने  ‘हाम्रो काम यहाँबाट नियन्त्रणमा लिएर पठाउने हो, पठाइयो, अब बाँकी काम धनुषाले गर्छ ।’

धनुषा जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएको  केही घण्टामै सिरोहियालाई पक्राउ गरिएको थियो ।

वैशाख १६ गते उनीविरुद्ध नागरिकता किर्तेसम्बन्धी कसुरमा जाहेरी परेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved