कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला

नेपालभ्युज

कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन :  शेखर कोइराला

काठमाडौं ।  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि  प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य नहुने बताएका छन् । उनले मंगलबार साँझ एक ट्विट सन्देश जारी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले लेखेका छन्, ‘आफु दोहोरो पासपोर्ट लिंदै हिंड्ने र सहकारी ठगीको आरोप विरुद्ध छानविन हुन नदिने तर ३ दशकदेखि सुचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन ।’

उनले प्रहरीले सही र गलत छुट्याँउनेमा विश्वस्त रहेको समेत बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved