जब बाबुले छोरालाई गाडी भाडा र ‘ब्लेड’दिएर पठाए आत्महत्या गर्न, यसरी भयो उद्धार

नेपालभ्युज

जब बाबुले छोरालाई गाडी भाडा र ‘ब्लेड’दिएर पठाए आत्महत्या गर्न, यसरी भयो उद्धार

काठमाडौं । काठमाडौंको कागेश्वरी नगरपालिका– ५ स्थित थलीमा मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीले छोरालाई आत्महत्या गर्न पठाएको खुलेको छ । तर, छोरा २१ वर्षीय रिचेन नगरकोटीले आत्महत्या गर्न खोजिरहेको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।

सोमबार बिहान १० बजेतिर कृष्ण नगरकोटीले छोरा रिचेन नगरकोटीलाई २ वटा ब्लेड र १ सय २५ रुपैयाँ गाडी भाडा दिएर पठाएका थिए । उनले कतै नजिकै जङ्गलमा गएर मर्दा उपयुक्त हुने भन्दै दुरुत्साहन गरेका थिए ।

फिल्मजस्तै ‘क्राइम थ्रिलर’ स् चकलेटको खोलमा भित्रिन्छ कोकिन, पत्ता लगाउन विमानस्थलमा छैन मेसिन

सोमबार बिहान उनीहरु सेतोपुलमा थिए । कोठाभाडा तिर्न नसकी उनीहरु तीन महिनायता ट्याक्सीमै बस्थे । बाहिर किनेर खान्थे, ट्याक्सीमै सुत्थे । सोमबार राती कृष्णको ट्याक्सी बिग्रियो । उनीहरु सेतो पुलमा थिए । २८ वर्षीय छोरी रश्मि नगरकोटीलाई ट्याक्सीमै छोडे । बाबु कष्ण नगरकोटीले भने, ‘म मिस्त्री बोलाएर ल्याउँछु, तँ यही बस् ।’

छोरा लिएर हिँडेपछि कृष्ण नगरकोटीले कतै जङ्गलमा गएर आत्महत्या गर्न जान आग्रह गरे । गाडी भाडा र ब्लेड दिए । आफू पनि आत्महत्या गर्ने बताए । यसरी बाबुछोरा छुटि्टए ।

०००

कागेश्वरी मनोहरा ५ मा पर्ने थलीको ओरालोमा बिहान ओहोरदोहोर गर्नेले एउटा शव देखे । बिहान साढे ५ बजेको थियो । शवको घाँटीबाट रगत बगेको थियो, अरू शरीर सकुशल ।

शवको साथमा रहेको ड्राइभिङ लाइसेन्सबाट पहिचान खुल्यो । घाँटी रेटिएको शव कृष्ण नगरकोटीकै रहेछ, जो अघिल्लो दिन छोरालाई आत्महत्या गर्न सुझाएर आफू पनि मर्न भन्दै हिँडेका थिए ।

लगतै प्रहरीको उनको बारेमा सोधी खोजी थाल्यो । छोरा २१ वर्षीय रिचेन नगरकोटीलाई फर्फिङ जङ्गलबाट प्रहरीले हिजो साँझ नै नियन्त्रणमा लिएको पाइयो । जो आत्महत्या गर्न खोजिरहेका थिए । उनलाई नियन्त्रणमा लिएपछि बुबाको खोजी भइरहेको थियो । तर, उनको शव बिहान भेटियो ।

बाबुको शव भेटिएपछि २९ वर्षीया छोरी रश्मि नगरकोटीलाई पनि प्रहरीले सेतोपुलबाटै नियन्त्रणमा लियो । जो ट्याक्सीमै थिइन् । प्रहरीका अनुसार कृष्णको छोराछोरी नै मानसिक अवस्था ठीक नभएको पाइएको छ ।

प्रहरी जवान हत्या घटना : युवराजले पानी मागेपछि विपनाले दिइन् तर, सचिनले पोखिदिए !

प्रहरी स्रोतले भन्यो, ‘‘कृष्ण नगरकोटी आफैँ ट्याक्सी चलाउँथे । तीनैजना ३ महिनादेखि घर नगई ट्याक्सीमा नै खाने–बस्ने गर्दै आइरहेका थिए ।’’

कृष्णकी श्रीमतीले ८ वर्षअघि नै दोस्रो विवाह गरेर गएकी थिइन् । त्यसपछि परिवार बिछिप्त अवस्था थियो । प्रहरीको प्रारम्भिक निष्कर्ष छ, ‘‘ट्याक्सी बिग्रियो सामान लिन जाने र मिस्त्री बोलाउन जाने भनेर छोरीलाई सेतोपुल छोडेर बुबा र छोरा हिँडेका रहेछन् ।  त्यसपछि बुबा एकातिर छोरा एकातिर लागेको अनुसन्धानबाट खुलेको छ ।’’

प्रहरी नियन्त्रणमा रहेका कृष्णका छोरा र छोरीका अनुसार चरम गरिबीका कारण उनीहरु तनावमा थिए । उनीहरु सबै जिन्दगीदेखि दिक्क थिए । आमाले समेत अर्कै बिहे गरेर गएको सुनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved