दुर्गा प्रसाईंले राखेको हतियार अवैध, नियम मिचेर लाइसेन्स दिने सीडीओको पहिल्यै अवकाश

त्यस वेलामा जनकराज दाहाल झापाको सिडिओ थिए । उनले २१ असार ०७५ मा प्रसाईंलाई २२ बोरको अर्धस्वचालित हतियारको इजाजतपत्र दिएका थिए । दाहालले हाल अवकाश पाइसकेका छन् ।

नेपालभ्युज

दुर्गा प्रसाईंले राखेको हतियार अवैध, नियम मिचेर लाइसेन्स दिने सीडीओको पहिल्यै अवकाश

काठमाडौं । गृह मन्त्रालयको छानबिन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय झापाले नियम मिचेर अत्याधुनिक हतियार राख्ने इजाजत दिएको औँल्याएको छ ।

गृह मन्त्रालयमा बुझाइएको प्रतिवेदनमा प्रसाईंले बोक्ने हतियार कानुनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको औँल्याएको छ ।

इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिइएको प्रतिवेदनमा भनिएको छ ।

सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको छानबिन समितिले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदनमा बुझाएको छ । २२ बोरको हतियार कानुनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको ठहर छ ।

समितिले गैरकानुनी रूपमा हतियारको इजाजत दिने तत्कालीन कर्मचारीमाथि कारबाहीको सिफारिस गरेको छ । २०७५ को असार २१ मा जिल्ला प्रशासन कार्यालय, झापाले लाइसेन्सको इजाजत दिएको थियो । त्यसवेलामा जनकराज दाहाल झापाको सिडिओ थिए ।

उनले २१ असार ०७५ मा प्रसाईंलाई २२ बोरको अर्धस्वचालित हतियारको इजाजतपत्र दिएका थिए । दाहालले हाल अवकाश पाइसकेका छन् । अब उनी कारबाहीमा पर्नेछन् ।

बडीगार्ड लिएर दुर्गा प्रसाईंको रवाफ, सोखका लागि वैध हतियार बोकेर अवैध गतिविधि

सो हतियार लिएर सर्वोच्च अदालत प्रवेश गर्न खोज्ने क्रममा प्रसाईंका दुई बडीगार्ड गत ५ चैतमा हतियारसहित पक्राउ परेका थिए । बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले पक्राउ परेकाहरूलाई छाड्दै हतियारको इजाजतको विषयमा छानबिन गर्न सरकारलाई आदेश दिएको थियो । सोहीअनुसार गृह मन्त्रालयले समिति गठन गरेर छानबिन गरेको हो ।

साथै, देशभर हतियारको इजाजतपत्र दिँदा, नवीकरण वा नामसारी गर्दा विद्युतीय प्रणालीको केन्द्रीय अभिलेखमा राख्न पनि भनिएको छ । नियमन गर्नसमेत प्रतिवेदनमा सुझाव दिइएको छ । प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले समितिको प्रतिवेदनले औँल्याएका सुझाव र सिफारिस कार्यान्वयन गरिने बताएका छन् । प्रतिवेदन कार्यान्वयन हुँदा प्रसाईँ पनि कारबाहीमा पर्नेछन् । उनलाई लाइसेन्स दिने सीडीओ पनि कारबाहीमा पर्नेछन् ।

छानबिन समितिलाई ६ वटा कार्यादेश दिइएको थियो । नियमविपरीत लाइसेन्सको इजाजत दिने र नवीकरण गर्नेलाई कारबाहीको सिफारिस गर्ने, व्यक्तिगत रूपमा इजाजतपत्र प्राप्त गरेका हतियारको प्रयोगसम्बन्धी मापदण्ड निर्धारण गर्ने, हातहतियार तथा खरखजनासम्बन्धी कानुनमा सुधार गर्नुपर्ने विषयको पहिचान गर्ने कार्यादेश थियो ।

दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved