जब हमास लडाकुले बन्धक इजरायली युवतीलाई विवाहको प्रस्ताव राखे…

नेपालभ्युज

जब हमास लडाकुले बन्धक इजरायली युवतीलाई विवाहको प्रस्ताव राखे…

काठमाडौं । इजरायल–हमास युद्धको बीचमा एक इजरायली युवतीले हमासका लडाकुले आफूसँग विवाह गर्न चाहेको खुलासा गरेकी छन् ।

टाइम्स अफ इजरायलसँगकाे कुराकानीमा १८ वर्षीया नोगा वेइसले यस्तो बताएकी हुन् । उनलाई गत वर्ष गाजामा हमास लडाकुले ५० दिनसम्म बन्दी बनाएको थियो ।

सो समयमा एक हमास लडाकुले उनीसँग विवाह गर्ने इच्छा व्यक्त गरेका थिए ।

नोगाले टाइम्स अफ इजरायलसँग भनिन्, ‘कैदको १४औं दिनमा ती लडाकुले मलाई औँठी दिए र सबैलाई रिहा गरिदिन्छु । तर, तिमी यहाँ मसँग बस्नुपर्छ र हाम्रो सन्तान जन्माउनु पर्नेछ भनेर प्रस्ताव राखेका थिए ।’

ती लडाकुले नोगालाई विवाहको बारेमा जवाफ मागे र हाँसे । र, टाउको हल्लाए ​​किनकि उसलाई लाग्यो कि यदि जवाफ आएन भने गोली हानेर मारिनेछ ।

तर, नोगाले जवाफ दिइनन् । उनलाई गोली नहाने पनि हमासले बन्धक नै बनाइ राख्यो ।

अन्य लडाकुहरूले पनि हर सम्भव प्रयास गरे नोगालाई मनाउन विवाहका लागि । ती लडाकुका साथीहरूले नोगालाई धेरै माया गर्ने र विवाह गर्न उक्साउँथे । तर, नोगाले मानिनन् ।

पछि नोभेम्बर २०२३ मा ४ दिने युद्धविराममा नोगा रिहा भएकी थिइन् । नोगाले आफ्नी आमालाई हमास लडाकुको सो प्रस्तावले आफू धेरै डराएको बताइन्।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा प्रवेश गरी १ हजार २ सय जनालाई मारे भने २ सय ३४ जनालाई बन्धक बनाएका थिए ।

युद्ध अहिले पनि जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved