चीनको आरोप – अमेरिकाले दोहोरो रवैया देखायो

नेपालभ्युज

चीनको आरोप – अमेरिकाले दोहोरो रवैया देखायो

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने चीन भ्रमणमा छन् ।

पुटिनको भ्रमणका क्रममा चीनले अमेरिकालाई निशाना बनाउँदै गैरजिम्मेवार र दोहोरो रवैया अपनाएको आरोप लगाएको छ ।

यसअघि अमेरिकाले युक्रेनविरूद्धको लडाइँमा चीनले रूसलाई सहयोग गरिरहेको आरोप लगाएको थियो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने, ‘जे भइरहेको छ, शान्ति भड्काउने प्रयास हो। युक्रेन संकट समाधान गर्ने एक मात्र उपाय राजनीतिक समाधान हो।’

अमेरिकाले पनि चीन दुवैतर्फ बस्न नसक्ने आरोप लगाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले भने, ‘एकातिर चीनको युरोपसँग सम्बन्ध छ । अर्कोतर्फ युरोपको सुरक्षामा सबैभन्दा ठूलो खतरा रूसलाई सहयोग गरिरहेको छ ।’

रूसको राष्ट्रपतिको रूपमा पाँचौं पटक सपथ लिएपछि पुटिनले चीनको भ्रमण गरेका हुन् ।

पछिल्ला केही दिनदेखि पुटिनले पश्चिमा देशहरू अलोकतान्त्रिक भएको आरोप लगाउँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved