एजेन्सी । गर्मी मौसम लागेसँगै लामखुट्टेको बिगबिगी पनि सुरु भएको छ । यस्तोमा कहिलेकाँही दिमागमा आउँछ सायद यो लामखुट्टे नै हुँदैनथ्यो भने कति रमाइलो हुन्थ्यो । संसारका हरेक देशमा लामखुट्टै जन्मिनै हाल्छन् ।
लामखुट्टेले हाम्रो रगत चुस्छन्, कान वरिपरि कराउँछन् । बसाई अप्ठ्यारो गराउनुका साथै रातको निद्रामा पनि बाधा पुर्याउँछन् ।
अध्ययनअनुसार यस्तो बताइन्छ कि लामखुट्टेका कारणले संसारभर हरेक वर्ष करीब १० लाख मानिसको मृत्यु नै हुन्छ । तर, संसारमा एउटा त्यस्तो देश छ जहाँ लामखुट्टे छैनन् ।
आइसल्यान्ड संसारको एक्लो देश हो, जो लामखुट्टे मुक्त छ ।
कसैले यसको वास्तविकताको बारेमा जान्दैन । वैज्ञानिकका लागि यो एउटा रहस्य छ । यो देश अन्टार्कटिका जस्तो चिसो पनि छैन । न त आइसल्यान्डमा ताल तथा झरनाको कमी छ ।
लामखुट्टे नहुनका लागि कुनै प्रकारका विशेषता यो देशमा छैन र पनि यो देशमा लामखुट्टे छैनन् । जबकि आइसल्यान्ड कै छिमेकी देश नर्वे, डेनमार्क, स्कटल्यान्डमा पनि लामखुट्टे पाइन्छन् । यसरी यो रहस्य नै बनेको छ कि आइसल्यान्डमा किन लामखुट्टे छैनन् ।
Facebook Comment
Comment