काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीचको हेभिवेट खेलमा हुँदैछ । सो खेल जुन ९ मा अमेरिकाको न्यूयोर्कस्थित नासाउ अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
यसबीच टीमको सुरक्षाका लागि विभिन्न खबर बाहिर आइरहेका बेला स्टेडियमको पिचलाई लिएर विवाद सुरु भएको छ ।
सो स्टेडियममा एकपछि अर्को कम स्कोरको खेल हुन थालेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का लागि चिन्ताको विषय बन्दै गएको छ ।
बुधबार भएको भारत र आयरल्यान्डबीचको खेलमा ड्रप-इन पिचमा असामान्य बाउन्स देखिएको थियो, सोहीकारण भारतीय कप्तान रोहित शर्मा र विकेटकिपर ऋषभ पन्त घाइते भएका थिए । रोहित चोटग्रस्त बन्दै रिटायर्ड हर्ट नै हुनुपरेको थियो ।
दुई देशको खेल सोही मैदानमा हुने भएकोले पनि पिचको विषयलाई लिएर विभिन्न टिप्पणी सुरु भएको हो ।
आईसीसीले भारत–पाकिस्तान मेगा म्याचअघि नै ड्रप-इन पिच मर्मत गर्न थालेको छ । बुधबार राति भारत र आयरल्याण्डको खेलपछि आईसीसी पिच क्युरेटर र कर्मचारीले पिच मर्मत गरेका हुन् ।
यति मात्रै होइन, भारतीय टोलीका मुख्य प्रशिक्षक राहुल द्रविड र विक्रम राठोडले पनि क्युरेटरलाई यसबारे निर्देशन दिएका थिए ।
भारत–आयरल्याण्ड म्याचका ४ खतरनाक बल, जसलाई लिएर भयो विवाद…
पहिलो – भारतीय फास्ट बलर जसप्रित बुमराहले आयरल्याण्डको इनिङ्सको पावरप्लेमा छैटौं ओभरमा बलिङ गरेका थिए । बुमराहले सर्ट लेन्थमा ५औं बल गरे, जुन बाउन्स भएर लोर्कन टकरको पञ्जा हुँदै हेल्मेटमा लागेपछि उनी क्याच आउट भए ।
दोस्रो – भारतीय इनिङ्सको १०औं ओभरमा आयरल्याण्डका मार्क एडेयरको हानेको बल रोहित शर्माको काँधमा लागेर उनी रिटायर्ड हर्ट भएका थिए।
तेस्रो – ११औं ओभरमा जोशुआ लिटिलको पहिलो बल असामान्य उछालका कारण ऋषभ पन्तको कुहिनोमा लाग्यो । त्यसपछि उनी पन्त तयार थिएनन्, उनी पीडाले कराए ।
चौथो – ब्यारी म्याकार्थी भारतीय इनिङ्सको १३औं ओभर बलिङ गर्दै थिए। उनको पहिलो ब्याकअफ लेन्थ बल अतिरिक्त बाउन्सपछि पन्तको छातीमा लाग्यो ।
पिचमा असामान्य उछाल किन ?
यस रंगशालामा अष्ट्रेलियाको एडिलेडमा तयार पारिएको ड्रप-इन पिचहरू प्रयोग गरिएको छ । मैदानमा बस्नका लागि ड्रप-इन पिचहरू राम्ररी रोल गरिएको हुन्छ । तर, गत हप्ता खराब मौसमका कारण पिचहरू रोल हुन सकेनन्।
२८.२ ओभरमा खेल समाप्त
भारत र आयरल्याण्डको खेल २८.२ ओभरमा सकिएको थियो । यहाँ टस हारेर ब्याटिङ गरेको आयरल्याण्डको टोली १६ ओभरमा ९६ रनमा अलआउट भएको थियो भने १२.२ ओभरमा ९७ रनको लक्ष्य पछ्याउँदै भारतले २ विकेट गुमाएको थियो ।
लगातार दोस्रो खेलमा १०० भन्दा कम स्कोर, श्रीलङ्का ७७ रनमा अलआउट
नासाउको ड्रप-इन पिचमा दुई विश्वकपका खेल खेलिएका छन् तर, कुनै पनि टोलीले १०० रनभन्दा बढी रन बनाउन सकेका छैनन् ।
पहिलो खेलमा श्रीलंकाको टोली ७७ रनमा अल आउट भएको थियो भने दक्षिण अफ्रिकाले ७८ रनको लक्ष्य पछ्याउन १६.२ ओभर खेलेको थियो । यस खेलमा १४ मध्ये ९ विकेट फास्ट बलरले लिएका थिए ।
Facebook Comment
Comment