मोदीको तेस्रो कार्यकालमा यस्तो बन्यो मन्त्रीको टिम, अमीत शाहदेखि जयशंकरसम्म दोहोरिँदै

मोदी मन्त्रिमण्डलमा भाजपाका शक्तिशाली नेताहरू अमीत शाह, नीतिन गड्करी, राजनाथ सिंह दोहोरिने निश्चित भएको छ । उनीहरु भाजपाका पूर्व अध्यक्ष हुन् । यस्तै हालका अध्यक्ष जेपी नड्डा पनि मन्त्री बन्ने भएका छन् ।

नेपालभ्युज

मोदीको तेस्रो कार्यकालमा यस्तो बन्यो मन्त्रीको टिम, अमीत शाहदेखि जयशंकरसम्म दोहोरिँदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज तेस्रो कार्यकालका लागि शपथ लिँदैछन् । उनले आजै आफ्नो मन्त्रिमण्डलसमेत घोषणा गर्दैछन् ।

प्रधानमन्त्री मोदीले आफ्नो सम्भावित मन्त्रिमण्डलसँग दिउँसो चिया मिटिङ गरेका छन् । मिटिङमा देखिएका अनुहारअनुसार भारतीय सञ्चारमाध्यमहरूले उनको आगामी टिमबारे अनुमान गरेका छन् ।

मोदी मन्त्रिमण्डलमा भाजपाका शक्तिशाली नेताहरू अमीत शाह, नीतिन गड्करी, राजनाथ सिंह दोहोरिने निश्चित भएको छ । उनीहरु भाजपाका पूर्व अध्यक्ष हुन् । यस्तै हालका अध्यक्ष जेपी नड्डा पनि मन्त्री बन्ने भएका छन् ।

हाल मन्त्रिमण्डलमा रहेका निर्मला सीतारमण, डा. एस जयशंकर, गिरीराज सिंह, पीयूष गोयल, किरन रिजिजु, ज्योतिरादित्य सिन्धिया, गजेन्द्रसिंह शेखावत र धर्मेन्द्र प्रधान पनि नयाँ सरकारमा सामेल हुने निश्चित भएको छ ।

मध्यप्रदेशका मुख्यमन्त्री रहिसकेका शिवराजसिंह चौहान, हरियाणाका पूर्व मुख्यमन्त्री मनोहरलाल खट्टर पनि मोदीको तेस्रो कार्यकालमा मन्त्री बन्ने भएका छन् ।

सहयोगी दलका एच. डि. कुमारास्वामी, चिराग पासवान, जीतनराम माझी, जयन्त चौधरी, अनुप्रिया पटेल लगायत पनि मन्त्री  बन्ने लिस्टमा छन् । कुमारास्वामी कर्नाटक र माझी बिहारका पूर्व मुख्यमन्त्री हुन् ।

दोस्रो मन्त्रिमण्डलमा रहेका स्मृति ईरानी, आरके सिंह, अनुराग ठाकुर लगायत भने तेस्रो मन्त्रिमण्डलमा देखिने छैनन् । ईरानी र सिंह पराजित भएका थिए भने ठाकुर जितेर पनि नयाँ टिममा परेका छैनन् ।

सबैभन्दा धेरै मन्त्री बिहार राज्यबाट हुने देखिएको छ । बिहारबाट सहयोगी जनता दल यूनाइटेडलाई फकाउन पनि मोदीले धेरै मन्त्री बनाउने तयारी गरेका छन् ।

मोदीको तेस्रो मन्त्रिमण्डल कति सदस्यीय हुने अझै स्पष्ट भएको छैन । यद्यपि, आज ६० भन्दा धेरै मन्त्रीले शपथ गर्ने बताइएको छ । जसमा एनडीए गठबन्धनमा रहेका भाजपाका सहयोगी दलबाट १२ भन्दा धेरै मन्त्री हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved