काठमाडौं । नेपालको पर्यटन क्षेत्र सुधारका लागि बिहीबारबाट नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो सुरु हुने भएको छ ।
पर्यटन सम्बन्धी मेगा इभेन्ट आयोजना गरेर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न उद्देश्यले उक्त प्रदर्शन काठमाडौंको भृकुटीमण्डप सञ्चालन गरिने भएको हो ।
२०८१ जेठ ३२ गतेबाट सुरु हुने प्रदर्शन असार १ गतेसम्म चलने छ भने त्यसका लागि आवश्यक सबै तयारी पूरा भइसकेको आयोजकले बताएको छ ।
नाइट एक्स्पोले देश तथा विदेशमा रहेका पर्यटन सम्बद्ध व्यवसायी होटेल, रिसोर्ट, होमस्टे, दामल दुर/ट्रेकिङ/माउन्टेनियरिङ एजेन्सी, एयरलाईन्स, सरोकारवाला व्यक्ति तथा निकायलाई एक ठाउँमा ल्याइ नेपालको पर्यटन प्रवर्द्धनको लक्ष्य लिएको छ ।
यो प्रदर्शनीमा १६ देश, १५० विक्रेता, २५० क्रेता तथा १ हजार भन्दा बढी आगन्तुकको सहभागिता रहने छ । यस्तै, एक्स्पोमा बिहार टुरिजम, रिजम मलेसियाको समेत सहभागिता रहने बताइएको छ ।
यसले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किङका लागि एकसाथ ल्याउने, नयाँ सहकार्यलाई बढावा दिने र दिगो साझेदारी स्थापना गर्ने लक्ष्य राखेको छ । एक्स्पोमा पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा प्यानल छलफल हुने र जसले गर्दा व्यापारिक सम्पर्क बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।
उक्त महोत्सवको अनुमानित खर्च १ करोड ८० लाख रुपैयाँ रहेको बताइएको छ । उक्त एक्स्पोको आयोजक समिट इभेन्ट्स एन्ड मार्केट्स रहेको छ भने नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, काठमाडौं महानगरपालिकाको सहयोग एवं विभिन्न संघ संस्थाहरुको सहकार्य रहेको छ ।
Facebook Comment
Comment