अस्ट्रेलियामा रहेकी एलिनाले रुँदै बनाइन् भिडिओ, सत्य घटना कि भाइरल हुन रचिएको नाटक ?

नेपालभ्युज

अस्ट्रेलियामा रहेकी एलिनाले रुँदै बनाइन् भिडिओ, सत्य घटना कि भाइरल हुन रचिएको नाटक ?

काठमाडौं । विवाहपछि अस्ट्रेलिया पुगेकी गायिका एलिना चौहानले रुँदै बनाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि फ्यानहरू तरङ्गित भएका छन् ।

साङ्गीतिक करिअर उत्कर्षमा रहेको बेला पतीसँग अस्ट्रेलिया भासिएकी एलिनाका पछिल्ला दुखी खालका पोस्टहरूले फ्यानहरू कौतुहलमा छन् । उनले भिडिओ इन्स्टाको रीलमा राखेकी छिन् ।

अनुहारमा राता ‘डामहरू’ देखाएर रोइरहेकी उनको पछिल्लो भिडिओ सत्य हो वा भाइरल हुन रचिएको नाटक हो भन्दै फ्यानहरू सोधखोज गरिरहेका छन् ।

खासमा उनले अभिनय गरेर बनाएको भिडिओ हुनसक्छ । अनुहारका डामहरू नक्कली हुन सक्छन् । तर, एलिनाको गीत चयन र लेखेको ‘क्याप्सन’ले त्यसलाई शंका दिएको छ ।

भिडिओमा लेखेकी छिन्, ‘‘एक सच्चा मानिसले तपाईलाई रिसाए पनि सम्मान गर्नेछ । याद राख्नुहोस् ।’’

एलिनाले कसलाई ईंगित गरेर लेखेकी हुन् भन्ने प्रस्ट छैन । कमेन्टमा कतिपयले श्रीमान्–श्रीमतीबीच केही खटपट भएको हो कि भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

कतिले चाहीँ भाइरल हुन नाटक गरेको आरोप पनि लगाएका छन् । यसअघि उनीहरुबीच ब्रेकअप भएको हल्ला थियो, जुन एलिनाले स्विकारेकी थिइनन् । पछि वैशाखमा बिहे भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved