महेश बस्नेतविरुद्ध बलात्कारको उजुरी दिने शोभा पाठक पक्राउ

नेपालभ्युज

महेश बस्नेतविरुद्ध बलात्कारको उजुरी दिने शोभा पाठक पक्राउ

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतसँग पाँच वर्षदेखि सम्बन्धमा रहेको बताउँदै मिडियामा आएर चर्चामा आएकी जानुका उर्फ शोभा पाठक पक्राउ परेकी छिन् ।

धादिङकी घर भई काठमाडौं बस्दै आएकी पाठकलाई प्रहरीको साइबर ब्यूरोले सोमबार पक्राउ गरेको हो । पक्राउको कारण भने बस्नेतसँगको मुद्दा नभएर अरू हो ।

सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीका आधारमा पाठक पक्राउ परेकी हुन् ।

ललितपुरको पुल्चोकको एक घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको ब्युरोका एक अधिकारीले बताए ।

ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले भने, ‘‘चरित्र हत्या गरेको भन्दै उजुरी परेपछि अदालतबाट अनुमति लिएर पक्राउ गरेका हौँ । थप अनुसन्धान भइरहेको छ ।’’

पाठकले एमालेका नेता बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै उनले उजुरी समेत दिएकी थिइन् ।

सम्बन्धित समाचार-

महेश बस्नेत आरोप प्रकरणमा ट्वीस्ट: पटकपटक बिहे गरेकी शोभाले वडाबाट किन बनाइन् ‘कुमारी प्रमाणपत्र’ ?

बिहेपछि ‘कुमारी प्रमाणपत्र’ लिने शोभा पाठकको उमेर पनि किर्ते, नागरिकताको प्रतिलिपि लिँदा घटाइन् ६ वर्ष उमेर

बिहेपछि ‘कुमारी प्रमाणपत्र’ लिने शोभा पाठकको उमेर पनि किर्ते, नागरिकताको प्रतिलिपि लिँदा घटाइन् ६ वर्ष उमेर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved