महेश बस्नेत आरोप प्रकरणमा ट्वीस्ट: पटकपटक बिहे गरेकी शोभाले वडाबाट किन बनाइन् ‘कुमारी प्रमाणपत्र’ ?

जुन गैरकानुनी समेत हो । झुठो सिफारिस बनाउने र सिफारिस गर्ने दुवैलाई कारबाही हुने कानुनी व्यवस्था छ । मुलुकी फौजदारी संहितामा झुटो विवरण सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्म कैद र एक लाखदेखि तीन लाखसम्म जरिवाना गर्ने व्यवस्था छ ।

नेपालभ्युज

महेश बस्नेत आरोप प्रकरणमा ट्वीस्ट: पटकपटक बिहे गरेकी शोभाले वडाबाट किन बनाइन् ‘कुमारी प्रमाणपत्र’ ?

काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतसँग पाँच वर्षदेखि सम्बन्धमा रहेको बताउँदै मिडियामा आएकी जानुका उर्फ शोभा पाठकले ‘डिर्भाेस’पछि ‘कुमारी रहेको प्रमाणपत्र बनाएको भेटिएको छ ।

पटकपटक बिहे गर्दै डिर्भाेस गर्दै आएकी उनले अन्ततः अविवाहित रहेको सिफारिस बनाएर प्रयोग गरिरहेको भेटिएको हो ।

एमाले पोलिट्ब्यूरो सदस्य समेत रहेका र मन्त्री समेत बनिसकेका बस्नेतसँग जोडिएकी हुनाले उनको आरोपलाई धेरैले गम्भीर रूपमा हेरिरहेको बेलामा घटनामा ट्वीस्ट आएको हो ।

सार्वजनिक व्यक्तित्व भएकाले महेशलाई यो विषय भारी परिरहेको बेलामा शोभाको आरोपलाई कमजोर बनाउने प्रमाण सार्वजनिक भएको हो ।

महेश बस्नेतसँग सम्बन्धमा रहेको दाबी गर्दै पार्टीकै कार्यकर्ता मिडियामा, को हुन् शोभा ?

 

धादिङ ज्वालामुखी ७ की शोभाले पहिलो बिहे २०७० भदौ ११ गते शिवराम भण्डारीसँग गरेकी थिइन् । शोभाको फेरि २०८० सालको वैशाख १४ गते आफूभन्दा निकै कान्छा कालिकोटका २६ वर्षीय कपिलबहादुर शाहीसँग बिहे गरेकी थिइन् ।

तर, गत पुस २९ गते उनले डिर्भाेस गरेकी थिइन् । यसविचमा शोभाले अन्य दुईजनासँग बिहे गरेको चर्चा छ । उनले पटकपटक गरेको बिहे दर्ता र डिर्भाेस प्रमाणपत्र सञ्जालमा भाइरल छन् ।

जानुका उर्फ शोभा पाठकले आफूलाई ‘कुमारी दाबी गर्दै २०७९ चैतमा वडाबाट लिएको सिफारिस

तर, पटकपटक बिहे गरिसकेकी उनले एक वर्षअघि २०७९ चैत २४ गते ज्वालामुखी गाउँपालिकाबाट अविवाहित रहेको भन्दै सिफारिस लिएको भेटिएको हो ।

धादिङको ज्वालामुखी गाउँपालिका ७ का वडाध्यक्ष ज्ञानेन्द्रप्रसाद खकुरालले, पत्र सङ्ख्या ०७९\८० र चलानी नम्बर ५५६ मा बनाइदिएको सिफारिसमा ‘श्री जानुका पाठक अविवाहित रहेको ब्यहोरा प्रमाणित गरिन्छ’ भनिएको छ ।

शोभालाई चिन्नेहरूले भने उनका दुईजना सन्तान रहेको दाबी गरेका छन् । उनीहरूका अनुसार धादिङको नीलकण्ठ माविमा उनका छोरा पढ्छन् भने छोरी कलंकलीमा अरूकै संरक्षणमा बस्छिन् । तर, शोभाले अविवाहित प्रमाण लिनुलाई कतिपयले उनको नियतमाथि शंका गरेका छन् ।

जानुका उर्फ शोभा पाठकले ‘ फरक\फरक व्यक्तिसँग डिर्भोस’ गरेको र विवाह गरेको प्रमाणपत्र, सँगै आफूलाई ‘कुमारी दाबी गर्दै २०७९ चैतमा वडाबाट लिएको सिफारिस

उनले लिएको झुठो सिफारिस जिल्ला अदालतमा काठमाडौंमा समेत पेश भएको भेटिएको छ । जुन गैरकानुनी समेत हो । झुठो सिफारिस बनाउने र सिफारिस गर्ने दुवैलाई कारबाही हुने कानुनी व्यवस्था छ । मुलुकी फौजदारी संहितामा झुटो विवरण सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्म कैद र एक लाखदेखि तीन लाखसम्म जरिवाना गर्ने व्यवस्था छ । शोभालाई अविवाहित प्रमाणित गर्ने वडाध्यक्ष खकुरालसँग यसबारे कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।

शोभाले भने आफूले अविवाहित सिफारिस लिएको र प्रयोग गरिरहेको स्विकारेकी छिन् । छोडपत्र गरेर एकल भएपछि अविवाहित सो सरह हुने भएकाले सिफारिस बनाएको उनको जिकिर छ ।

उनी भन्छिन्, ‘‘मैले डिर्भाेस गरिसकेको छु । यसैले म सिङ्गल छु । सिङ्गल भनेको अविवाहित हो । यसैले अविवाहित प्रमाणित सिफारिस बनाएर प्रयोग गरिरहेको छु । यसमा मेरो केही गल्ती छैन । मलाई फसाउन चाहनेहरूले बहाना बनाएका मात्र हुन् ।’’

महेश बस्नेतसँग ‘एक्स्ट्रा अफेयर’बताउने शोभा, पहिले दाइ भन्दै आएकी उनले अचानक किन लगाइन् आरोप ?

केही महिनायता एमाले नेता महेश बस्नेत र युवा संघकी केन्द्रीय सदस्य शोभाको अन्तरङ्ग सम्बन्ध भएको चर्चा चल्न थालेको थियो । भित्रभित्रै भएको भए कसैले वास्ता गर्दैन थिए होलान्, शोभाले मेनस्ट्रिम मिडियामै गएर महेशसँग नजिक रहेको बताएपछि अहिले धेरैको चासो बढेको हो ।
तर कतिपयहरूले भने ‘शोभाले धेरै पुरुषसँग नजिकिने र बिहे गर्न बाध्य बनाउने गरेको र डिर्भाेस गरेर सम्पत्ति खाने गरेको’ आरोप लगाएका छन् । त्यही प्रयोजनको लागि अरू पुरुषलाई देखाउन उनले ‘अविवाहित सिफारिस लिएको’ आरोप लगाएका छन् ।

शोभाले केही साता पहिले आफूमाथि फ्ल्याटमै आएर केही युवकले कुटपिट गरी मोबाइलसमेत खोसेर लगेको आरोप लगाएकी थिइन् । यो विवादमा शोभाले महेशलाई मात्र नभई दुर्गा प्रसाईँ र किशोर श्रेष्ठलाई पनि मुछेका छिन् । यो प्रकरणमा महेशले भने सार्वजनिक केही बोलेका छैनन् ।

शोभाले महेशसँग ५ वर्षयता समबन्धमाा रहेको दाबी गरेपछि एक वर्षअघि मात्रै चिनजान भएको बताइएको छ । युवासंघको अधिवेशनको क्रममा भेट भएको र त्यही बेलामा शोभाले फोटो खिचेको युवासंघका नेताहरूको दाबी  छ ।

सेवाग्राहीबाट बलात्कृत भएको भन्दै पठाओ चालक युवती प्रहरीमा, आरोपित युवा भन्छन्- प्रेममा थियौँ, सहमतिमै भयो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved