कोशी प्रदेश

सर्वोच्च पुग्नुअघि कानूनी परामर्शमा केदार, आजै शपथ लिने तयारीमा हिक्मत

नेपालभ्युज

सर्वोच्च पुग्नुअघि कानूनी परामर्शमा केदार, आजै शपथ लिने तयारीमा हिक्मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीबाट अपदस्त भएका केदार कार्की सर्वोच्च अदालत जाने तयारीमा छन् । बिहीबार बिहानै विराटनगरबाट काठमाडौं पुगेका कार्की अहिले कानूनी परामर्शमा छन् । परामर्शलगत्तै उनी सर्वोच्च अदालत पुग्नेछन् ।

उनी ‘स्टे अर्डर’को माग गर्दै अदालत जान लागेका हुन् । “यहाँ कानूनी परामर्शमा छु, यसलगत्तै सर्वोच्च अदालत पुग्छु,” कार्कीले नेपालभ्युजसँग भने ।

यता नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीले भने आजै मुख्यमन्त्रीको शपथ लिनेसम्मको तयारी गरेका छन् । उनको दल एमालेसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको समर्थन लिएर उनी दाबी पेशका लागि प्रदेश प्रमुख परशुराम खापुङकहाँ हिँडिसकेका छन् ।

माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा ‘कर्ज्याङ’ले भने, “दाबी पेशका लागि हिँडिसकेका छौँ । सम्भवत: आजै मुख्यमन्त्री नियुक्त हुनुहुन्छ उहाँ ।”

स्रोतका अनुसार कार्कीलाई आजै मुख्यमन्त्रीको शपथ ग्रहण गराउने तयारी गरिएको छ ।

यसअघि प्रदेश प्रमुख खापुङले बुधबार केदारलाई अपदस्त गर्दै दुई दिनभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । त्यसपछि हिक्मतले दाबी पेश गर्न लागेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved