स्वर्गीय लामाबाट नेपालका कम्युनिष्ट नेताहरुले प्रेरणा लिनु पर्छ : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

स्वर्गीय लामाबाट नेपालका कम्युनिष्ट नेताहरुले प्रेरणा लिनु पर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता स्वर्गिय निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन् ।

बिहीबार बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित लामाको २४ औँ स्मृति दिवस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उनी असल राजनीतिज्ञ भएको बताएका हुन् । कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा नेता लामा आदर्श नेता रहेको प्रचण्डको भनाइ छ ।

उनले निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिनु पर्ने बताए ।

उनले भने, ‘उहाँ पारदर्शी नेता हुनुहुन्थ्यो, खुला हुनुहुन्थ्यो, आफ्नो निष्ठामा दृढ र गरिखाने वर्गप्रति प्रतिवद्ध हुनुहुन्थयो । राम्रो विचार र स्पष्टवक्ता नेता हुनुहुन्थ्यो । समग्रमा उहाँ एक असल राजनीतिज्ञ हुनुहुन्थयो ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved