कोशी प्रदेशमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरिँदै

नेपालभ्युज

कोशी प्रदेशमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरिँदै

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएसँगै सत्ता गठबन्धनका प्रमुख घटक नेकपा एमाले र माओवादी केन्द्रले तयारी सुरु गरेका छन् । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्ने तयारी भएको हो ।

बिहान १० बजेसम्ममा बहुमत सदस्यसहित नयाँ सरकार गठनका लागि दाबी पेश गरिने एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

प्रदेश प्रमुख पर्शुराम खापुङ्गले २ दिनको समय सीमा दिएर हिजो अबेर राति संविधानको धारा १६८ (५) अन्तर्गत नयाँ सरकार गठनको आव्हान गरेका थिए । दाबी पेश भएपछि बहुमत परीक्षणका लागि दिउँसो सबै सांसदको सनाखत गराउने प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको छ ।

एमाले र माओवादी केन्द्रले सबै सांसदलाई बिहान ११ बजेसम्ममा संसद सचिवालयमा परिचय खुल्ने कागजसहित उपस्थित हुन निर्देशन दिइसकेको छ ।

कार्कीको पक्षमा बहुमत पुग्ने विश्वास गरिएको छ । बहुमत पाए आजै दिउँसो कार्कीलाई शपथ गराउने प्रदेश प्रमुख कार्यालयको तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved