के हो डिभी ? कस्तालाई पर्छ ? अमेरिकाले किन हेर्छ आवेदकको पृष्ठभूमि ?

पछिल्ला ५ वर्षमा ५० हजारभन्दा कम मानिसहरू जुन देशबाट अमेरिका आउँछन् त्यो देशका लागि मात्र यो कार्यक्रम उपलब्ध छ । अमेरिकामा धेरै आप्रवासन दर भएका अन्य मुलुकका लागि डिभी चिट्ठा कार्यक्रम उपलब्ध छैन । यसमा अफ्रिकी तथा एसियालीहरूको धेरै ठूलो सहभागिता रहने बताइन्छ ।

नेपालभ्युज

के हो डिभी ? कस्तालाई पर्छ ? अमेरिकाले किन हेर्छ आवेदकको पृष्ठभूमि ?

काठमाडौं ।  अमेरिकाले हरेक वर्ष हजारौँलाई डाइभर्सिटी भिसा चिट्ठा अन्तर्गत विभिन्न मुलुकका नागरिकलाई आफ्नो मुलुकमा भित्र्याउँदै आएको छ । यो तीन दशकअघिबाट गर्दै आएको हो ।

नेपालीसहित विश्वका विभिन्न मुलुकका नागरिकले अमेरिका जानका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा अनलाइनबाट डाइभर्सिटी भिसा अर्थात् डिभी चिट्ठा भर्दै आएका छन् ।

यसवर्षको रिजल्ट शनिबार राति सार्वजनिक भएको छ । अमेरिकाले आफ्नो मुलुकमा विश्वका विभिन्न मुलुकका मानिसलाई भित्र्याउनका लागि डिभी चिट्ठा कार्यक्रम ल्याएको हो ।

आफ्नो देशको जनसङ्ख्यालाई अझ विविध तुल्याउनका सन् १९९१ म तत्कालीन राष्ट्रपति जर्ज एचडब्ल्यू बुशले डिभी कार्यक्रम थालेका थिए । त्यसयता हरेक वर्ष यो कार्यक्रम जारी  छ ।

यसको अर्थ पछिल्ला ५ वर्षमा ५० हजारभन्दा कम मानिसहरू जुन देशबाट अमेरिका आउँछन् त्यो देशका लागि मात्र यो कार्यक्रम उपलब्ध छ । अमेरिकामा धेरै आप्रवासन दर भएका अन्य मुलुकका लागि डिभी चिट्ठा कार्यक्रम उपलब्ध छैन । उनीहरूले  अमेरिका जान अरू नै माध्यम प्रयोग गर्नुपर्छ ।

डिभी पर्दैमा अमेरिकाको भिसा पाइहालिन्छ रु जान्नुहोस् नियम

के हो डिभी ? कसलाई पर्छ ?

खासमा अमेरिकातर्फ कम आप्रवासन दर अर्थात् अमेरिका बसाइँ सरेर धेरै मानिस जान नसक्ने मुलुकका नागरिकलाई अमेरिका भित्र्याउनका लागि डिभी कार्यक्रमको शुरुआत गरिएको हो ।

यसअनुसार हरेक वर्ष विभिन्न मुलुकका करोडौँ मानिसमध्यबाट करिब १ लाख आवेदकलाई छान्ने गरिन्छ । यसमध्ये आधा ५० हजारलाई ग्रीनकार्ड दिइने प्रावधान छ । डिभी चिट्ठा धेरैले भर्ने भएकाले पर्ने सम्भावना ज्यादै न्यून हुन्छ ।

हरेक वर्ष अमेरिकाले डिभी चिट्ठा भर्ने अनलाइन फाराम खुला गर्छ । यसअनुसार हरेक वर्ष २ करोडभन्दा बढीले अनलाइन फाराम भर्ने गर्छन् । यसमा अफ्रिकी तथा एसियालीहरूको धेरै ठूलो सहभागिता रहने बताइन्छ ।

अमेरिकाले हेर्छ आपराधिक रेकर्ड

यदि, डिभी चिट्ठा परेको भए आप्रवासन भिसाको औपचारिक आवेदन दिनुपर्ने प्रावधान छ । यससँगै आफ्नो शैक्षिक योग्यता र अन्य आवश्यक दस्ताबेजहरू पेस गर्नुपर्छ । दस्ताबेज नेपाली वा अरू कुनै भाषामा भए त्यसको अङ्ग्रेजी प्रति पनि पेस गर्नुपर्छ ।

त्यसपछि अमेरिकी अध्यागमन निकायले आवेदकको पृष्ठभूमि अध्ययन गर्छन् । आवेदकको आपराधिक रेकर्ड, विवरण सही भए\नभएको जाँच, मेडिकल जाँचलगायतको अध्ययन गरिसकेपछि अन्तरवार्ताको प्रक्रिया सुरु हुन्छ ।

तर, आवेदकको सबै विवरण सही भए पनि अन्तरवार्ताका लागि छनोट नहुन सक्छन् । डिभी परेका सबैलाई भने अमेरिकाले भिसा दिँदैन । अमेरिकाले डिभी परेका करिब ४० प्रतिशतलाई मात्रै भिसा दिने गरेको बताइन्छ ।

छनौट भई अन्तरवार्ता सफल भएमा आवेदकको अमेरिका यात्राका लागि बाटो खुला हुन्छ । त्यसपछि मात्रै आप्रवासन भिसा दिइन्छ । यद्यपि अन्तरवार्तामा सफल भएका सबैले भिसा पाउँदैनन् । तर, भिसा पाएपछि अमेरिका जान पाइन्छ ।

डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved