डिभी पर्दैमा अमेरिकाको भिसा पाइहालिन्छ ? जान्नुहोस् नियम

आफ्नो कन्फरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सकिन्छ । डिभी परेकाहरू खुसी साटासाट पनि गरिरहेका हुन सक्छन् । नपरेकाहरू दुखी भएका हुन सक्छन् । तर, आज डिभी परेका सबै जना अमेरिका जान पाउँछन् त ?

नेपालभ्युज

डिभी पर्दैमा अमेरिकाको भिसा पाइहालिन्छ ? जान्नुहोस् नियम

काठमाडौं । आज अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को नतिजा आएको छ । कतिपयलाई यो चिट्ठा पर्याे पनि होला । फर्म भर्ने धेरै जना हुने भएकाले पर्नेहरू भने ज्यादै न्यून हुने गर्छन् ।

आफ्नो कन्फरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सकिन्छ । डिभी परेकाहरू खुसी साटासाट पनि गरिरहेका हुन सक्छन् । नपरेकाहरू दुखी भएका हुन सक्छन् । तर, आज डिभी परेका सबै जना अमेरिका जान पाउँछन् त ?

तर, अहिले डिभीको लागि छनोट हुँदैमा इमेल आउँदैन । उनीहरूले पहिलो चरणको लिस्ट मात्र सार्वजनिक गर्ने हुन् । यसैले डिभीका लागि छानिँदैमा सबैले भिसा पाइहाल्दैनन् ।

के हो डिभी ? कस्तालाई पर्छ ? अमेरिकाले किन हेर्छ आवेदकको पृष्ठभूमि ?

यसको लागि केही महिनापछि इमेल आउँछ, तर सबैलाई होइन । यसरी मेल आयो भने पनि अमेरिका जान पाइँदैन । भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुपर्छ । यसको यसको लागि डिभी पर्ने नेपालस्थित अमेरिकी दूतावासका कन्सुलरले आवश्यक योग्यता भए नभएको कुरा हेर्छन् ।

साथै, अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि आवेदक योग्य छ कि छैन भन्ने कुरा पक्का गर्छन् । यदि, तपाई कागजात हेर्दा योग्य हुनुभयो र अन्तरवार्तामा पनि पास हुनुभयो भने मात्र अमेरिकाको भिसा पाउनुहुन्छ ।

डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved