कोशीका मुख्यमन्त्री कार्की बिहानै काठमाडौं उडे, स्टे अर्डर माग गर्दै सर्वोच्चमा मुद्दा दर्ताको तयारी

नेपालभ्युज

कोशीका मुख्यमन्त्री कार्की बिहानै काठमाडौं उडे, स्टे अर्डर माग गर्दै सर्वोच्चमा मुद्दा दर्ताको तयारी

काठमाडौं । कोशी प्रदेश प्रमुख खापुङले गरेको सरकार गठनको आव्हानका विरुद्ध मुद्धा दर्ता गर्न मुख्यमन्त्री केदार कार्की काठमाडौं आएका छन् ।

प्रदेश प्रमुख खापुङको कदम संविधान सम्मत नभएको भन्दै कार्की सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न काठमाडौं आएका हुन् ।

अदालत खुल्ने बितिकै अन्तरिम आदेश माग गर्दै मुद्दा दर्ता गर्ने तयारी गरेका छन् ।

एमाले–माओवादीले भने आजै नयाँ मुख्यमन्त्रीको रूपमा हिक्मतकुमार कार्कीको दाबी पेस गर्ने तयारी गरेका छन् । प्रदेश प्रमुख खापुङले आजै सांसदहरूको हस्ताक्षर सनाखत गराएर मुख्यमन्त्री नियुक्ति र शपथ गराउने तयारी गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved