जति धेरै हाँस्यो उति नै धेरै फाइदा

नेपालभ्युज

जति धेरै हाँस्यो उति नै धेरै फाइदा

एजेन्सी । शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो बनाउन हाँस्नु एकदमै महत्वपूर्ण हुन्छ । हाँस्दा तनाव कम हुन्छ । साथै यसले कयौं रोग निको बनाउँछ ।

आज जानौं हाँस्दा शरीरमा हुने फाइदा बारे –

आजकल घर तथा अफिससँगै आफ्नो भविश्यको तनावले मान्छेले हाँस्न बिर्सिसकेका छन् । अत्यधिक तनाव लिने गर्दा सानो उमेरमै हृदयघातको जोखिम पनि बढ्न थालेको छ ।

यस्तोमा शरीरलाई स्वस्थ राख्नका लागि लाफ्टर थेरापी अर्थात हाँस्नु एकदमै जरूरी छ ।

हाँस्दा शरीरमा ह्याप्पी हर्मोन रिलिज हुन्छन् । जसले गर्दा तपाईं प्राकृतिक तरिकाले नै राम्रो महसुस गर्नुहुन्छ र तनाव आफै कम हुँदै जान्छ ।

हाँस्नाले शरीरमा एन्टीबडी उत्पादन वृद्धि हुन्छ । त्यसैले धेरै हाँस्ने व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । जसले गर्दा त्यस्तो व्यक्ति छिटो बिरामी पर्दैन ।

धेरै हाँस्ने व्यक्तिको शरीरमा रक्तसञ्चार पनि राम्रो हुन्छ । हाँस्दा शरीरमा अक्सीजनको मात्रा पनि बढ्छ । ।

हाँस्नाले अनिद्राको समस्या पनि कम हुन्छ । हाँस्दा शरीरमा मेलाटोनिन हर्मोनको निर्माण हुन्छ, जसले निद्राको गुणस्तर बढाउँछ ।

हाँस्नु शरीरसँगै छालाका लागि पनि फाइदाजनक हुन्छ । हाँस्ने व्यक्तिको अनुहारका मांसपेशीमा राम्रो कसरत हुन्छ । जसले गर्दा छालामा चमक आउनुका साथै चाउरीपना तथा बुढ्यौली पनि छिटो हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved