सर्‍यो कांग्रेस संसदीय दलको बैठक

नेपालभ्युज

सर्‍यो कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल र कार्यसमितिको बैठक सरेको छ ।

पूर्वमन्त्री एवं कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको आज अन्त्येष्टि कार्यक्रम हुने भएकाले बैठक सारिएको हो ।

नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आज दिउँसो १ बजे कार्यसमिति र दलको बैठक २ बजे बस्ने तय भएको थियो ।

अब सो बैठक शुक्रबार बिहान साढे ८ बजे बस्ने कांग्रेसले जनाएको छ ।

बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाको विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved