बिदा बसेका एयर इन्डियाका २५ जना चालक दलका सदस्य बर्खास्त

नेपालभ्युज

बिदा बसेका एयर इन्डियाका २५ जना चालक दलका सदस्य बर्खास्त

काठमाडौं । भारतको टाटा समूहको एयरलाइन्स एयर इन्डिया एक्सप्रेसले बिदामा गएका २०० भन्दा बढी चालक दलका सदस्यमध्ये २५ जनालाई बर्खास्त गरेको छ ।

एयरलाइन्सले बाँकी कर्मचारीलाई आज अपराह्न ४ बजेसम्म काममा फर्किन निर्देशन दिएको छ । सो समयमा नफर्किए उनीहरूलाई पनि कामबाट निकाल्ने कम्पनीले जनाएको छ ।

यी सबै कर्मचारी वैशाख ७ गते राति अचानक सँगै बिदामा गएका थिए । जसका कारण एयरलाइन्सले ७० भन्दा बढी उडान रद्द गर्नुपरेको थियो ।

आज पनि धेरै उडानहरू रद्द भएका छन् ।

नयाँ दिल्ली, श्रीनगर, गुवाहाटी, बेंगलुरू, गोवा, तिरूवनन्तपुरम, कोच्चि, कालीकट, कुन्नूर र कोझिकोडमा उडानहरू रद्द भएका छन् । जसको कारण १५ हजारभन्दा बढी यात्रू प्रभावित भएका छन् ।

एयरलाइन्समा रोजगारीका नयाँ सर्तहरूको विरोध गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved