अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु

नेपालभ्युज

अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु
फाइल फोटो

काठमाडौं । अफगानिस्तानमा आएको बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको छ । घोर र फरयाब प्रान्तमा आएको बाढीमा परी ७० जनाको मृत्यु भएको हो ।

शुक्रबार अचानक आएको बाढीमा परी अन्य केही व्यक्ति बेपत्ता र घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । भारी वर्षापछि बाढी आएको हो । बाढीबाट कयौँ पशुहरु समेत मरेका छन् ।

बाढीले २ हजारभन्दा बढी घर बगाएको छ । गत हप्ता मात्रै अफगानिस्तानमा बाढीबाट ३ सय बढीको मृत्यु भएको थियो । भारी वर्षाले खेतीपाती नष्ट गरेको छ ।

त्यहाँको मौसम विभागले अझै केही दिन भारी वर्षा हुने भन्दै सचेतना अपनाउन आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved