कोशी प्रदेश प्रमुख विरुद्ध अदालत जाने मुख्यमन्त्री कार्कीको तयारी

नेपालभ्युज

कोशी प्रदेश प्रमुख विरुद्ध अदालत जाने मुख्यमन्त्री कार्कीको तयारी

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखको कदमविरुद्ध अदालत जाने बताएका छन् ।

सरकार हुँदाहुँदै प्रदेश प्रमुखले पर्शुराम खापुङले अर्काे सरकार गठनको आह्वान गरेर असंवैधानिक कदम चालेको भन्दै कार्कीले सर्वोच्च अदालत जाने बताएका हुन् । गत असोजमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका नेता कार्की २६ चैतमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए ।

अल्पमतमा परेको ३० दिनपछि बुधबार मध्यरातमा प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि मुख्यमन्त्री कार्कीले एउटा सरकार हुँदाहुँदै अर्काे सरकार आह्वान गरिनु असंवैधानिक कदम भएको टिप्पणी गरेका छन् ।

आफू बहाल रहेकै अवस्थामा नयाँ सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको कार्कीको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved