महेश बस्नेतसँग ‘एक्स्ट्रा अफेयर’बताउने शोभा, पहिले दाइ भन्दै आएकी उनले अचानक किन लगाइन् आरोप ?

भित्रभित्रै भएको भए कसैले वास्ता गर्दैन थिए होलान्, शोभाले सामाजिक सञ्जालमा फोटोहरू हालिरहन्थिन् । उनी त्यतिमै रोकिएकी भए पनि चासो हुन्थेन हो । तर, एकाएक ती महिलाले मेनस्ट्रिम मिडियामै गएर महेशसँग नजिक रहेको बताएपछि अहिले धेरैको चासो बढेको देखिन्छ ।

नेपालभ्युज

महेश बस्नेतसँग ‘एक्स्ट्रा अफेयर’बताउने शोभा, पहिले दाइ भन्दै आएकी उनले अचानक किन लगाइन् आरोप ?

काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतसँग पाँच वर्षदेखि सम्बन्धमा रहेको बताउँदै एक महिला मिडियामा आएपछि चासो बढेको छ ।

एमाले पोलिट्ब्यूरो सदस्य समेत रहेका र मन्त्री समेत बनिसकेका बस्नेतसँग जोडिएकी हुनाले पनि सामाजिक सञ्जालमा यति बिघ्न चासो देखिएको हो । सार्वजनिक व्यक्तित्व भएकाले महेशलाई यो विषय भारी परिरहेको देखिन्छ ।

केही महिनायता एकाएक उनीहरूबीच अन्तरङ्ग सम्बन्ध भएको चर्चा चल्न थालेको थियो । भित्रभित्रै भएको भए कसैले वास्ता गर्दैन थिए होलान्, शोभाले सामाजिक सञ्जालमा फोटोहरू हालिरहन्थिन् ।

उनी त्यतिमै रोकिएकी भए पनि चासो हुन्थेन हो । तर, एकाएक ती महिलाले मेनस्ट्रिम मिडियामै गएर महेशसँग नजिक रहेको बताएपछि अहिले धेरैको चासो बढेको देखिन्छ ।

ती महिला हुन्, धादिङ चैनपुरकी जानुका पाठक उर्फ शोभा । जसले महेशसँग ‘आफू सम्बन्धमा रहेको’ जिकिर गरिरहेकी छिन् । के उनको दाबी सही हो त ?

०००

अहिले शोभा युवा संघकी केन्द्रीय सदस्य छिन् । पहिले महेश युवासंघका अध्यक्ष थिए । महेश ले नै आफूलाई केन्द्रीय सदस्य बनाएको दाबी शोभाको छ ।

यसलाई पनि महेशका मान्छेहरूले स्विकारेका छन् । यद्यपि शोभाले सार्वजनिक गरेको दुईजना बीचको फोटो भने सार्वजनिक कार्यक्रमको दाबी गर्छन् ।

‘‘उनी एमाले कार्यकर्ता हुन् । युवासंघ नेतृ हुन् । तर, बस्नेतसँग निकट होइनन् । हरेक साल बर्थडेमा महेश दाइलाई बोलाइरहिन्थिन् । तर, दाइ जान भ्याउनुहुन्थ्यो । २ वर्षअघि भने धेरै पटक फोन आएपछि एकै छिन जानुभएको थियो । त्यही फोटो देखाएर आफूहरू सबन्धमा रहेको जिकिर गरेकी हुन् । यो झुठो हो’’ महेश निकटताहरू भन्छन् ।

यहाँ भनिदिइहालौँ, शोभा तिनै महिला हुन्, जसको एउटा टिकटक क्लिप सामाजिक सञ्जालमा भाइरल भएको थियो, जसमा महेश जस्तै मान्छे ती महिलासँग बेडमा देखिन्थे ।

कुनै होटेल वा अपार्टमेन्टजस्तोको कोठाको बेडमा श्रीमान् श्रीमतीजस्तो देखिने गरी बनाएको टिकटक भिडिओ गएको दशैँताका सञ्जालमा धेरैले देखे । तर, त्यसलाई महेशले आफू नभएको र आफूलाई बदनाम गर्ने षड्यन्त्र भएको प्रतिक्रिया दिएका थिए ।

‘‘सोसल मिडियामा देखिने भिडिओ सबै सत्य हुँदैनन् । विभिन्न प्रविधिबाट बनाइएको हुन्छ । क्लियर नदेखिएको त्यो भिडिओमा एटिड गरेर अनुहार चाहिँ मेरो हालिएको हो’’ महेशको जिकिर थियो ।

‘अरेली काँडैले मलाई च्वास्सै च्वास्सै’ भन्ने गीतमा बनाइएको उक्त क्लिप्सलाई लिएर ‘भाइरलम्यान’ दुर्गा प्रसाईँ र महेशबीच सोसल मिडियामा लामो समय जुहारीसमेत चलेको थियो ।

प्रसाईँसँग बस्नेतको ‘सोसल मिडिया वार’ चलेका बेला शोभाले सामाजिक सञ्जालबाट खुलेर महेशलाई साथ दिँदै आइरहेकी थिइन् । उनी प्रसाईंलाई आलोचना गर्थिन् ।

शोभा भन्थिन्, ‘म र महेशबीच नेता कार्यकर्ताको सम्बन्ध मात्र हो । पापीहरूले अनेक भन्छन् ।’ तर, तीनै शोभाले अहिले भने न्युज २४ टीभीको सीधा कुरा जनतासँग कार्यक्रममा गएर विगतको आफ्नै कुराको खण्डन गरिन् ।

भनिन्, ‘सम्बन्ध यसरी विकास हुन्छ भन्ने लागेको थिएन । महेश बस्नेतसँग म पाँच वर्षदेखि सम्बन्धमा छु । मेरो घर परिवारमा पनि उहाँले जिम्मा लिन्छु भन्नुभएको थियो ।’

महेश बस्नेतसँग सम्बन्धमा रहेको दाबी गर्दै पार्टीकै कार्यकर्ता मिडियामा, को हुन् शोभा ?

०००

शोभाले अहिले आफूमाथि फ्ल्याटमै आएर केही युवकले कुटपिट गरी मोबाइलसमेत खोसेर लगेको आरोप लगाएकी छिन् । यो विवादमा शोभाले महेशलाई मात्र नभई दुर्गा प्रसाईँ र किशोर श्रेष्ठलाई पनि मुछेका छिन् ।

उनले भनिन्, ‘दुर्गा प्रसाईँ र किशोर श्रेष्ठको के भिडिओ छ ? भन् भन्दै मोबाइल लुटेर लगे ।’

आफूमाथि आक्रमण भएको समेत उनले बताएका छिन् । उनीमाथि फ्ल्याटमै गएर कसले आक्रमण ग¥यो ? किन ग¥यो ? यसबारे प्रहरीले खोजी गरिरहेको छ ।

को हुन् जानुका उर्फ शोभा पाठक ?

महेश बस्नेत विवाहित हुन् । धादिङ ज्वालामुखी ७ की जानुका पाठक उर्फ शोभा पनि विवाहित हुन् ।

उनले दुई जनासँग बिहे गरेको प्रमाण नेपालभ्युजले फेला पारेको छ । तर, उनलाई चिन्नेहरूले भने शोभाले अझै धेरै जनासँग बिहे भएको दाबी गर्छन्, कानुनअनुसार बीचबीचमा सम्बन्धबिच्छेद् गरेरै ।

शोभाले २०७० भदौ ११ गते शिवराम भण्डारीसँग पहिलो बिहे गरेकी थिइन् । विवाह गरेको दुई वर्षपछि २०७२ असार १० गते खरी गाउँपालिका, धादिङबाट विवाह दर्ताको पनि प्रमाणपत्र लिएकी थिइन् ।

शोभाको फेरि २०८० सालको वैशाख १४ गते आफूभन्दा निकै कान्छा कालिकोटका २६ वर्षीय कपिलबहादुर शाहीसँग बिहे गरेकी थिइन् ।

तर, गत पुस २९ गते उनी डिभोर्स गरेर अलग भएकी छिन् । तर, यो बीचमा उनले छत्कुली थरका मानिससँग बिहे गरेको उनी निकट कतिपयको दाबी छ ।

ती व्यक्तिको भने मृत्यु भएको थियो । पतिको मृत्युपछि टुहुरो छोरा छाडेर सुदूरपश्चिमका सिंह थरका मानिससँग जोडिएकी उनी निकटकाहरू बताउँछन् ।

सिंह थरका ती मानिस भने आफ्नी श्रीमतीसँग सुखी जीवन बिताइरहेका छन् । उनै सिंहले ‘शोभाले विभिन्न ठाउँ घुमेको फोटो देखाएर ‘ब्ल्याकमेल’ गरी ठुलै रकम लिएको’ आरोप लगाएका थिए । तर शोभाले भने सिंहलाई आफूले दाजु मानेको बताउँछिन् । उनले दाजु रहेको भन्दै तिहारमा टीका लगाएको दाबी गरेकी छिन् । टीका नभई मालासहितको संगै बसेको फोटो शोभाले सार्वजनिक गरेकी छन्, तर भाइटीकाको नभई कुनै मन्दिरको ।

यीनै विवादास्पद पृष्ठभूमिकी महिलासँग अहिले महेश जोडिन आइपुगेका छन् । यद्यपि यो शोभाको आरोप मात्र हो । यो प्रकरणमा महेशले सार्वजनिक केही बोलेका छैनन् ।

समय आएपछि सबै कुरा बोल्ने बताएका छन् । तर, महेश निकटका मानिसहरूले भने शोभालाई उल्टै चरित्रहीनको आरोप लगाइरहेका छन् । उनीहरूको आरोप छ ‘‘शोभाको कालो कर्तुत भने दुनियाँलाई थाहा छैन । पैसा र पावरवाला व्यक्तिलाई आफ्नो चङ्गुलमा फसाएर पैसा धुत्न खप्पिस् छिन् ।’’

यो आरोपप्रति शोभाले भने आफ्नो दाइहरूसँग नाम जोडेर बदनाम गराउन खोजेको जिकिर गरिरहेकी छिन् । उनी भन्छन्, ‘‘मेरो दाहीहरूसँग नाम जोडेर बदनाम गर्दैछन् । मेरो व्यक्तिगत जीवनको बारेमा अरुलाई भन्नु केही छैन।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved