साउदीको मेगा प्रोजेक्ट ‘द लाइन’ : जग्गा खाली गर्न जर्बजस्ती गरे गोली हान्न आदेश !

नेपालभ्युज

साउदीको मेगा प्रोजेक्ट ‘द लाइन’ : जग्गा खाली गर्न जर्बजस्ती गरे गोली हान्न आदेश !

काठमाडौं । साउदी अरेबियाले सुरक्षा बलहरूलाई मरूभूमिमा निर्माण भइरहेको नेओम सहरको लागि भूमि खाली गर्न प्रदर्शनकारीहरूविरूद्ध बल प्रयोग गर्न आदेश दिएको छ ।

नीईओएम नामको यो विशाल परियोजना पश्चिमा देशका दर्जनौं कम्पनीले संयुक्त रूपमा विकास गरिरहेका छन् ।

साउदीका पूर्व गुप्तचर अधिकारी कर्नेल रबिह अल एनेजीले आफूलाई एक जनजातिलाई गाउँबाट जबर्जस्ती बाहिर निकाल्न आदेश दिइएको खुलासा गरेका छन् । नमाने गोली हान्नसमेत आदेश दिइएको एनेजीले बताए ।

त्यो गाउँ निओम इको प्रोजेक्टको हिस्सा ‘द लाइन’को बाटोमा छ ।

पछि आफ्नै गाउँबाट निष्कासनको विरोध गरिरहेका यी गाउँलेहरूमध्ये एकको गोली हानी हत्या गरिएको बीबीसीले जनाएको छ ।

साउदी सरकार र नीईओएमले यसबारे कुनै आधिकारिक बयान दिएका छैनन् ।

वास्तवमा निओम साउदीको एक पर्यावरण मैत्री क्षेत्र हो, जुन ५०० बिलियन डलरको लागतमा बनिरहेको छ । जसलाई साउदीको मेगा प्रोजेक्ट मानिन्छ ।

यो परियोजना साउदीको भिजन २०३० को एक हिस्सा हो, जुन उसले तेलमा आफ्नो अर्थव्यवस्थाको निर्भरता कम गर्न विकास गरिरहेको छ।

निओम इको रिजनको सबैभन्दा ठूलो आयोजना ‘द लाइन’ हो ।

यसलाई कारमुक्त सहरको रूपमा प्रवर्द्धन गर्न लागिएको हो । ‘द लाइन’ सहर मात्र २०० मिटर चौडा (६५६ फीट) र १७० किलोमिटर (१०७ माइल) लामो छ ।

दर्जनौं विश्वव्यापी कम्पनीहरू निओमको विकासमा संलग्न छन्। यी मध्ये धेरै कम्पनीहरू बेलायतका पनि छन् ।

निओम निर्माण भइरहेको क्षेत्रलाई साउदी अरेबियाका वली अहद (युवराज) मोहम्मद बिन सलमानले उत्कृष्ट ‘प्लेन क्यानभास’ भनेर वर्णन गरेका थिए।

तर, साउदी सरकारका अनुसार यो परियोजनाका कारण ६ हजारभन्दा बढी मानिसलाई आफ्नो जन्मस्थानबाट विस्थापित गर्नु परेको छ ।

उही समयमा बेलायतमा आधारित मानव अधिकार संगठन एलक्यूएसटीले बेदखल गरिएका व्यक्तिहरूको संख्या धेरै बढी रहेको अनुमान गरेको छ।

बीबीसीले यस परियोजनाका लागि भत्काइएका तीनवटा गाउँको स्याटेलाइट तस्विरको विश्लेषण गरेको छ।

यी गाउँहरूको नाम अल खुरेबाह, शर्मा र गयाल हो। गाउँ खाली गर्ने नाममा नक्साबाट घर, विद्यालय र अस्पतालको नाम समेत मेटाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved