सामान्य अंकको वृद्धिसँगै बन्द भयो यो साताको नेप्से

नेपालभ्युज

सामान्य अंकको वृद्धिसँगै बन्द भयो यो साताको नेप्से
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ६३ अंकले बढेर १९६६ दशमलव २३ को विन्दुमा पुगेको छ ।

बिहीबार ३१३ कम्पनीका ४९ हजार ३ सय ३२ पटकको कारोबारमा ७० लाख ५८ हजार ३ सय ९९ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब २ करोड १२ लाख ८६ हजार ३ सय ६२ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव १९ अंकले बढेर ३५० दशमलव ६० को विन्दुमा पुगेको छ । आज ११५ कम्पनीका सेयर मूल्य बढेको छ भने ११५ कम्पनीका सेयर मूल्य घटेको छ । त्यस्तै, १४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

साताको अन्तिम कारोबार दिन १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक उच्च दरमा बढेको छ ।

यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ६.९६ प्रतिशत अर्थात् ३४२.८७ अंक बढेर ५२६४.१४ विन्दुमा पुगेको छ । बढेका अरू उपसमूहहरूको वृद्धिदर भने न्यून रहेको छ । यस दिन जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved