ललितपुरमा बसबाट खसेर ४ वर्षीया बालिकाको मृत्यु

नेपालभ्युज

ललितपुरमा बसबाट खसेर ४ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । ललितपुरमा बसबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महांकाल गाउँपालिका-६ ठूलादुर्लुङकी चार वर्षीया आर्या सन्जेल छिन् ।

बिहीबार बिहान पौने १० बजे गोदावरी नगरपालिका-१० टाखेलमा बा ४ ख ७०४ नम्बरको यात्रुवाहक बस रोक्ने क्रममा सन्जेल खसेकी थिइन्।

दुर्घटनापछि गम्भीर घाइते सन्जेलको उपचारको लागि बिएण्डबी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved