एन्टोन चेखभको नाटक ‘म्यारिज प्रपोजल’ पुनः मञ्चन हुँदै

नेपालभ्युज

एन्टोन चेखभको नाटक ‘म्यारिज प्रपोजल’ पुनः मञ्चन हुँदै

काठमाडौं । रुसी कथाकार एन्टोन चेखभको नाटक ‘म्यारिज प्रपोजल’ कुञ्ज नाटक घरमा पुनः मञ्चन हुने भएको छ । चे शंकरको अनुवादमा नाटक ‘म्यारिज प्रपोजल’  मञ्चन गर्न लागिएको हो।

कलासी प्रोडक्सनको प्रस्तुति एवं कर्मन कलासँगको सहकार्यमा तयार पारिएको नाटकलाई  सङ्गीत सापकोटा र आशीष घिमिरेले निर्देशन गरेका छन् । नाटक यही जेठ १० गतेदेखि जेठ २७ गतेसम्म मञ्चन गर्न लागिएको हो।

सन् १८९० को विषयवस्तुलाई समावेश गर्दै अहिलेको परिस्थिति सापेक्ष रूपमा नाटक तयार गरिएको बताइएको छ । सन् २०१८ मा मण्डला थिएटरमा प्रस्तुत गरिएको यो नाटकको विषयवस्तुलाई भारतको अलाहवादमा भएको कुम्भ फेस्टिभलमा सन् २०१९ मा मञ्चन गरिएको थियो भने, पुनः बङ्गलादेशको राजशाहिमा बोङबोन्धु थिएटर फेस्टिभलमा प्रस्तुत गरिएको थियो।

नाटकमा मुख्य ४ जना पात्रहरू रहेका छन्। जसमा विजया कार्की, डोरेस खतिवडा, चन्द्र नेपाली र सुन्दर धितालको अभिनय रहने छ।

करिब १ घण्टा १० मिनेट अवधिको नाटकलाई सन् २०१८ मा कलाशी प्रोडक्सनले आफ्नो पहिलो प्रोजेक्टका रूपमा मञ्चन गरेको थियो। कलाशी प्रोडक्सनले हालसम्म ‘२४ मा १२’, ‘अधेरी नगरी चौपट राजा’, ‘ज्ञानको चिहान’ र ‘समय पीडा’ नाटक मञ्चन गरिसकेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved