मुटुरोग विशेषज्ञ डा. स्मृति शाक्यको गायनमा माया नै माया

नेपालभ्युज

मुटुरोग विशेषज्ञ डा. स्मृति शाक्यको गायनमा माया नै माया

काठमाडौं । मनमोहन कार्डियोलोजि सेन्टर शिक्षण अस्पताल महाराजगन्जमा कार्डियोलोजिष्टको रूपमा कार्यरत मुटुरोग विशेषज्ञ डा. स्मृति शाक्यको गायन नयाँ गीतको भिडिओ सार्वजनिक भएको छ। डा. शाक्यको गायनमा रहेका ‘मैले माया लाएको धोका दिन होइन ’ बोलको नयाँ गीत सार्वजनिक भएको हो ।

बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद डा अजयक्रान्ति शाक्यको शब्द रचना तथा सङ्गीत रहेको उक्त गीतको भिडिओमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय छ। साथमा गायिका डा. शाक्यको समेत अभिनय छ ।

भिडिओको निर्देशन देवकुमार श्रेष्ठले गरेका हुन् ।

डा. शाक्यको सानैदेखिको रहरको विषय भनेको गायन हो । लामो समय डाक्टरी अध्ययनमा व्यतीत भएकाले सानैदेखिको रहर र चाहनाको विषयमा समय दिन सकेकी थिइनन् । उनको हालै तीनवटा गीत रेकर्ड भएको छ।

आफैँ पनि भिडिओमा अभिनय गर्न पाउँदा अझ रोचक लागेको डा शाक्यले बताइन । यस्तै विशेषज्ञ डाक्टरले गाएको एउटा मन्त्रमुग्ध गीत सङ्गीतमा अभिनय गर्दा गौरव लागेको नायक आकाश श्रेष्ठले बताएका छन्।

नायिका करुणा श्रेष्ठले भने, गायिका डाक्टर शाक्यको गीतबाटै ज्यादै आकर्षित भएको अनि सँगै अभिनय गर्न पाउँदा डाक्टर शाक्यको शालीनताबाट प्रभावित बनेकी बताइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved