कौसी थिएटरमा ‘गिल्टी अर नट गिल्टी’ (तस्वीरहरु)

कौसी थिएटरमा ‘गिल्टी अर नट गिल्टी’ (तस्वीरहरु)

काठमाडौ। धुम्बाराहीमा अवस्थित एक अपार्टमेन्टको १९ औं तलाबाट खसेर मृत्यु भएका हाइड्रो व्यावसायी राधेश्याम अग्रवालको हत्या होकि आत्महत्या भन्ने मुद्दामा बहस जारी छ।

बादी र प्रतिबादी पक्षको वकिल, सबुत प्रमाण, साक्षीहरुको बयान, प्रहरी प्रतिवेदन लगायतका बिषय माथी अदालतमा बहस भइरहेको छ। जुरिष्टिक मेम्बर आ-आफ्ना राय लेख्दैछन्। न्यायाधीश फैसला सुनाउने तरखरमा छन्। के हाइड्रो व्यावसायी राधेश्याम अग्रवालले आत्माहत्या नै गरेका थिए? कि अरु कसैले उनको हत्या गरेको थियो?

यो दृश्य हो ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’ मा आधारित नाटक ‘गिल्टी अर नट गिल्टी Guilty or Not Guilty’ को।

रंगकर्मी राजकमल फकिरको निर्देशनमा रसियन-अमेरिकन लेखक अयन र्‍यान्डको रहस्य र थ्रीलर जनरामा बनेको नाटक ‘गिल्टी अर नट गिल्टी’ कथा घेराको टेकुस्थित कौसी थिएटरमा यहि जेठ ३ देखि मञ्चन सुरु भएको छ। फकिरले यसअघि नाटक ‘एन इन्स्पेक्टर कल’ को निर्देशन गरेका थिए।

फकिर ड्रिमको प्रस्तुति रहेको यस नाटकको ध्वनि संयोजन नरेश गजुरेल र प्रकाश व्यवस्थापन आशान्त शर्माले गरेका छन्। नाटकमा कलाकारहरु समापिका गौतम, विजय आनन्द ताम्राकार, आभास अधिकारी, नविन चन्द्र अर्याल, अरुण पौडेल, बास्ना तिमल्सिना, सदीन लुइँटेल, रुपेश लामा, अशोक गौतम, सुष्मा निरौला, मनिष ब्याञ्जु, विजया पौडेल, जेम्स ढकाल, सागर दाहाल, रौनक कार्की, इषा सिजालीको अभिनय रहेको छ।

जेठ २६ गतेसम्म मञ्चन हुने नाटक ‘गिल्टी अर नट गिल्टी’ मंगलबार बाहेक प्रत्येक साँझ बेलुका ५:३० बजे मञ्चन हुनेछ। शनिवार भने दिउँसो १ बजे अतिरिक्त सो समेत मञ्चम हुनेछ। नाटकको अवधी करिब दुई घन्टा १५ मिनेटको रहेको छ।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved