रक्तचाप घट्यो ? कसरी ठिक गर्ने ?

नेपालभ्युज

रक्तचाप घट्यो ? कसरी ठिक गर्ने ?

एजेन्सी । गर्मी मौसम बढ्दै गइरहेको छ । यस्तोमा शरीरमा पानीको कमी तथा डिहाइड्रेशनको समस्या पनि बढ्ने गर्छ । कहिलेकाँही शरीरमा पानीको कमीले पनि रक्तचाप घट्ने समस्या हुन सक्छ ।

यदी तपाईंलाई पनि बिपी घटिरहेको महसुस भइरहेको छ भने तुरून्त पानी पिउनुहोस् । त्यस्तै, रक्तचाप घटेको अवस्थामा भिटामिन बी१२, फोलिक एसिड र आइरनलाई पनि आफ्नो खानपानमा समावेश गराउनु पर्दछ ।

एकैपटक धेरै खाना खानुको सट्टा थोरै थोरै गरेर पटक/पटक खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसरी रक्तचाप कम हुने व्यक्तिले पनि पटक/पटक थोरै खाएको राम्रो हुन्छ ।

शरीरमा सोडियमको कमीले पनि रक्तचाप कम हुने समस्या हुन सक्छ । त्यसैले डाक्टरको सल्लाहअनुसार खानपानमा नुनको मात्रालाई बढाउन पनि सकिन्छ ।

रगतको फ्लोलाई सही राख्नका लागि अत्यधिक समय बसिरहनबाट बच्नुपर्छ । समयसमयमा शरीरलाई क्रियाशील राख्न पनि एकदमै जरूरी हुन्छ ।

दैनिक रूपमा कम्तीमा आधा घण्टा कसरत तथा योग आदि गर्नाले पनि शरीरमा रक्तचाप सन्तुलित भइरहन्छ । त्यसैले दैनिक रूपमा कम्तीमा आधा घण्टा कसरत अवश्य गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved