महेश बस्नेतसँग सम्बन्धमा रहेको दाबी गर्दै पार्टीकै कार्यकर्ता मिडियामा, को हुन् शोभा ?

शोभा तिनै महिला हुन्, जसको एउटा टिकटक क्लिप्स सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा महेश बस्नेतजस्तै व्यक्ति उनीसँगै बेडमा सुतेका देखिन्थे । तर, महेशले त्यो आफू नभएको दाबी गरेका थिए ।

नेपालभ्युज

महेश बस्नेतसँग सम्बन्धमा रहेको दाबी गर्दै पार्टीकै कार्यकर्ता मिडियामा, को हुन् शोभा ?
आरोपी शोभा पाठकसँग एमाले नेता महेश बस्नेत, फोटो-शोभाकै फेसबुकबाट

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतसँग सम्बन्धमा रहेको एक महिलाले सार्वजनिक रूपमा बताएकी छन् ।

न्युज २४ टिभीको कार्यक्रम सिधा कुरा जनतासँगमा शोभा पाठक नामकी महिलाले आफू पाँच वर्षदेखि अफेयरमा रहेको बताएपछि महेश विवादमा तानिएका हुन् ।

किनकि महेश विवाहित हुन् । ती महिलाले पनि आफू विवाहित रहेको बताएकी छिन् । धादिङ घर भएकी शोभाले आफूलाई महेश बस्नेतले नै अपार्टमेन्टमा राखेको खुलासा गरेकी छिन् । अहिले आएर यहाँबाट निकालिएको र घर न घाटको भएको गुनासो गरेकी छिन् ।

‘‘महेश बस्नेतले म फ्याटमा आउँछु भनेर फोन गर्नुभयो । मैले ढोका खोलेर राखेको थिएँ । त्यसको तीन मिनेटपछि तीनजना युवा आएर कुटपिट गरी मोबाइलसमेत खोसेर लग्यो,’’ उनले भनेकी छिन् ।

शोभा तिनै महिला हुन्, जसको एउटा टिकटक क्लिप्स सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा महेश बस्नेतजस्तै व्यक्ति उनीसँगै बेडमा सुतेका देखिन्थे ।

तर, महेशले त्यो आफू नभएको दाबी गरेका थिए । ‘अरेली काँडैले च्वास्सै च्वास्सै’ भन्ने गीतमा बनाइएको उक्त क्लिप्सलाई लिएर व्यवसायी दुर्गा प्रसाईँले महेशलाई व्याङ्रय गर्दै आएका थिए । यस प्रकरणलाई थप चर्चामा ल्याएपछि मनोज मानव नामका युट्युबर हिरासतसम्म पुगेका थिए ।

पछि उनी १ लाख रुपैयाँ धरौटीमा छुटे । पछि शोभाले पनि त्यो भिडिओ आफ्नो निजी मामला भएको भन्दै सामाजिक सञ्जालमा प्रतिवाद गरेकी थिइन् । उनले महेश आफ्नो नेता भएको बताएकी थिइन् । युवासंघकी सदस्य रहेकी उनले महेशसँग राजनीतिक रूपमा सबन्ध रहेको भन्दै बचाउ गरेकी थिइन् ।

तर, अहिले भने उनले आफ्नो अन्तरङ्ग सबन्ध रहेको खुलासा गरेकी हुन् । अहिले शोभाले मोबाइल चोरीबारे प्रहरीमा उजुरी दिएपछि चोरको खोजी भइरहेको प्रहरीले जनाएको छ । यो प्रकरणमा नेता बस्नेतले सार्वजनिक केही बोलेका छैनन् । उनले भनेका छन्, ‘मेराविरूद्द षड्यन्त्र गर्ने धेरै छन्,समय आएपछि सबै कुरा बोल्ने छु ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved