कांग्रेसद्वारा वेल घेराउ, विश्वासको मत लिने प्रस्ताव पेश गर्न सभामुखले प्रधानमन्त्रीलाई दिए समय

नेपालभ्युज

कांग्रेसद्वारा वेल घेराउ, विश्वासको मत लिने प्रस्ताव पेश गर्न सभामुखले प्रधानमन्त्रीलाई दिए समय

काठमाडौं । प्रतिनिधि सभाको सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश गर्दैछन् ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदले वेल घेराउ सुरु गरेका थिए । तर सभामुखले प्रधानमन्त्रीलाई विश्वासको मत लिने प्रस्ताव पेश गर्न समय दिएका थिए ।

कांग्रेसका अवरोधपछि मर्यादापालकलाई प्रधानमन्त्रीलाई रोस्ट्रमसम्म ल्याउन सहजीकरण गर्न आदेश दिएका थिए। त्यसै अनुसार प्रधानमन्त्री प्रचण्ड रोस्ट्रमसम्म पुगेका थिए ।

यता वेल क्षेत्रबाट कांग्रेसका सांसदहरूले जबर्जस्ती बन्द गर, संसद्को गरिमा कायम गर, सहकारी पीडितलाई न्याय दे, सहकारी ठगलाई कारबाही गर र सभामुखको गरिमा कायम गर जस्ता नाराबाजी गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved