काभ्रेमा नगर प्रहरीमाथि हातपात गरेको आरोपमा चार फुटपाथ व्यापारी पक्राउ

नेपालभ्युज

काभ्रेमा नगर प्रहरीमाथि हातपात गरेको आरोपमा चार फुटपाथ व्यापारी पक्राउ

काठमाडौं । काभ्रेमा नगर प्रहरीमाथि हातपात गरेको आरोपमा चार जना फुटपाथ व्यापारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका-१ घर भएका २६ वर्षीय कृष्ण मानन्धर, सोही ठाउँकी ५० वर्षीया राममाया मानन्धर, ४० वर्षीया रोजिना मानन्धर र बनेपा-७ की ४० वर्षीया खड्गमाया श्रेष्ठ छन् ।

गत मंगलबार बनेपा नगरपालिका-७ स्थित चारदोबाटो चोक नजिक अरनिको राजमार्गमा नगर प्रहरीमाथि उनीहरुले हातपात गरेको पाइएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

बनेपा नगरपालिकाको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई हिरासतमा राखेर थप कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved