जसपा नेपालको महाधिवेशनमा निर्वाचन नहुने, पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा उपेन्द्र यादवलाई

महाधिवेशन सकियो

यादवले चुनावभन्दा पार्टीलाई कसरी समावेशी बनाउने र पार्टीको संरचना कसरी बलियो बनाउने भन्ने मुख्य उद्देश्य भएको बताएका थिए । उनको प्रस्ताव थियो, ‘त्यसैले तपाईंहरू सहमत हुनुहुन्छ भने, सबै पदाधिकारी र केन्द्रीय सदस्य सहमतिमा टुंगो लगाऔँ ।’

नेपालभ्युज

जसपा नेपालको महाधिवेशनमा निर्वाचन नहुने, पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा उपेन्द्र यादवलाई

जनकपुरधाम । जसपा नेपालको जनकपुरमा जारी महाधिवेशनमा पदाधिकारी र केन्द्रीय समिति चयनका लागि निर्वाचन नहुने भएको छ ।

बिहीबार दिउँसो निर्वाचन गर्ने तयारी चलेको भए पनि महाधिवेशनको हलले अध्यक्ष उपेन्द्र यादवलाई जिम्मेवारी दिएको छ । यादव भने हिजै निर्विरोध निर्वाचित भइसकेका छन् ।

महाधिवेशनको हलमा यादवले निर्वाचन हुने हो भने समावेशी नेतृत्व निर्वाचित हुन नसक्ने बताएका थिए । ‘चुनाव हुने हो भने हिमाल र पहाडका एकदुई जनाभन्दा बढी निर्वाचित हुने सम्भावना कम छ । किनकि, पार्टीको मुख्य आधार तराई/मधेस हो । त्यस्तो अवस्थामा हामी कसरी पार्टीलाई सबै जातजाति, भाषा, धर्म, लिंगको प्रतिनिधित्व हुने गरी समावेशी बनाउन सक्छौ?’, यादवको भनाइ थियो ।

उनले चुनावभन्दा पार्टीलाई कसरी समावेशी बनाउने र पार्टीको संरचना कसरी बलियो बनाउने भन्ने मुख्य उद्देश्य भएको बताएका थिए । उनको प्रस्ताव थियो, ‘त्यसैले तपाईंहरू सहमत हुनुहुन्छ भने, सबै पदाधिकारी र केन्द्रीय सदस्य सहमतिमा टुंगो लगाऔँ ।’

उनको प्रस्तावलाई महाधिवेशन हलले अनुमोदन गरेको थियो । अनि उनले एकसाथ उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । जसअनुसार उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए ।

अब यादवले शीर्ष नेताहरूसँगको छलफल गरेर पदाधिकारी र केन्द्रीय समितिको टुंगो लगाउने छन् । आजै बेलुकासम्ममा त्यसको टुंगो लाग्ने यादवको सचिवालयले नेपाल भ्युजलाई जानकारी दिएको छ ।

यससँगै जसपाको महाधिवेशन पनि सकिएको छ । महाधिवेशन गत २८ गते सुरु भएको थियो ।

यो पनि पढ्नुहोस्-

महाधिवेशनले फर्काउला जसपाको गुमेको साख ?

जसपा नेपालको महाधिवेशन सुरु

उपेन्द्र यादवको प्रतिवेदन- सङ्घीयता बिनाको समाजवाद प्राण बिनाको शरीर जस्तै

जसपाको नजरमा दलहरू : कांग्रेस-एमाले पहिचानविरोधी, माओवादी अवसरवादी

जसपा नेपालको महाधिवेशन : राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु

उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन सुझावसहित सर्वसम्मतले पारित

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

जसपा नेपालको सहअध्यक्षमा लालबाबु राउत, रकम चेम्जोङ र राजकिशोर यादवले प्रतिस्पर्धा गर्ने

जसपा नेपालको नयाँ नेतृत्वका लागि अपराह्नदेखि मतदान हुँदै

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved