लट्ठा चुँडिदा झोलुङ्गे पुलमा १४ खच्चर अड्किए

नेपालभ्युज

लट्ठा चुँडिदा झोलुङ्गे पुलमा १४ खच्चर अड्किए

काठमाडौं । दैलेखको आठबीस नगरपालिकामा रहेको एउटा झोलुङ्गे पुलको लट्ठा चुँडिदा खच्चरहरू अड्किएका छन् ।

दैलेखको आठबीस नगरपालिका- ४ खिड्किज्युला र अछामको बिनायक नगरपालिका- ९ चिल्तडा जोड्ने पुलको लट्ठा चुँडिएपछि पल्टिएको थियो ।

पुलमा यात्रारत १४ खच्चर पुलमै अड्किएका छन् । तिनीहरुको अवस्था जोखिमपूर्ण रहेको दैलेख आठबीस नगरपालिका- ५ का स्थानीय बलबहादुर थापाले बताए ।

घटना आइतबार बिहान साढे १० बजेतिरको हो । घटनाको कारण सार्वजनिक भएको छैन ।

पुल चुँडिदा १४ खच्चर तीन घण्टादेखि पुलमा झुन्डिँदै, सेनाको उद्धार टोली घटनास्थल पुग्दै


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved