मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार विमान बेपत्ता

नेपालभ्युज

मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार विमान बेपत्ता

काठमाडौं । पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार हवाईजहाज बेपत्ता भएको छ ।

राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा जाहाज बेपत्ता भएको हो । जहाजमा उपराष्ट्रपति सौलोस क्लोस चिलिसहितका उच्च पदस्थ व्यक्ति सवार थिए ।

राष्ट्रपति कार्यालयले वक्तव्य जारी गर्दै उपराष्ट्रपति सौलोस क्लोस चिलिमा सहित ९ जना सवार बेपत्ता जहाजको खोजीकार्य जारी रहेको जनाएको छ । ५१ वर्षीय उपराष्ट्रपति चिलिमा मलावी सेनाको हवाईजहाजमा थिए ।

स्थानीय समय अनुसार सवा ९ बजे जहाजको राडारसँग सम्पर्कविच्छेद भएको थियो । विमान मजुजुमा अवतरण गर्नुपर्ने थियो।

उनी पूर्व महान्याधिवक्ता एवं कानून मन्त्री राल्फ कासम्बराको अन्तिम संस्कारका लागि मुजुजु जाँदै थिए ।  मजुजु मलावीको उत्तरी क्षेत्र हो।

राष्ट्रपति लाजरस चकवेराले सुरक्षाकर्मीलाई खोज तथा उद्दारमा परिचालित हुन निर्देशन दिएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved