दुबईमा सम्पत्ति किन्नेको होड : भारतीय र पाकिस्तानी सबैभन्दा अगाडि, अम्बानीको कति ?

नेपालभ्युज

दुबईमा सम्पत्ति किन्नेको होड : भारतीय र पाकिस्तानी सबैभन्दा अगाडि, अम्बानीको कति ?

काठमाडौं । विश्वभरका धनी व्यक्तिहरूमा दुबईमा सम्पत्ति किन्ने क्रेज लगातार बढिरहेको छ ।

छिमेकी देश भारतका २९ हजार ७ सय जनाको दुबईमा १ लाख ४२ हजार करोड भारू बराबरको सम्पत्ति छ ।

सेन्टर फर एडभान्स डिफेन्स स्टडिजले प्राप्त गरेको तथ्यांकका आधारमा ५८ देशका ७४ मिडिया हाउसले यो प्रतिवेदन तयार पारेको हो ।

सो प्रतिवेदनलाई ‘दुबई अनलक’ नाम दिइएको छ । यसमा सन् २०२०/२२ सम्म दुबईमा रहेका विदेशीहरूको सम्पत्तिको विवरण साझा गरिएको छ ।

रिपोर्टका अनुसार यस सूचीमा भारतीयहरूको नाम शीर्षमा छ। सम्पत्तिको हिसाबले पाकिस्तान दोस्रो स्थानमा छ । १७ हजार पाकिस्तानीको ९१ हजार ८ करोड भारू बराबरको सम्पत्ति छ।

सूचीमा बेलायत तेस्रो र साउदी अरब चौथो स्थानमा छन् ।

मुकेश अम्बानीको दुबईमा रहेको २ हजार करोडको सम्पत्ति

रिपोर्टका अनुसार रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको दुबईमा २ हजार करोड रूपैयाँको सम्पत्ति छ । साथै, लुलु समूहका अध्यक्ष एमए युसुफ अली र उनको परिवारसँग ५ सय ८५ करोडको बराबरको सम्पत्ति छ ।

अर्बपति गौतम अडानीका भाइको नाम पनि यो लिस्टमा छ । यसबाहेक शाहरूख खान, अनिल कपुर र शिल्पा शेट्टी जस्ता बलिउड स्टारको पनि दुबईमा करोडौंको सम्पत्ति छ ।

प्रतिवेदनका अनुसार सन् २०२२ सम्ममा दुबईमा विदेशीहरूको कुल सम्पत्ति १६० अर्ब डलर रहेको छ ।

राजनीतिज्ञ, सेलिब्रेटी, व्यवसायी बाहेक विश्वभर भ्रष्टाचारको आरोपमा आपराधिक मुद्दा बोकिरहेकाहरूको पनि सम्पत्ति छ ।

आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानमा राष्ट्रपति आसिफ अली जरदारीदेखि पूर्व सेना प्रमुख जनरल परवेज मुशर्रफसम्मको नाम यस सूचीमा परेको छ ।

रिपोर्टका अनुसार मार्च २०१४ मा अब्दुल गनी माजिद नामका व्यक्तिले जरदारीलाई दुबईमा एउटा पेन्टहाउस उपहार दिएका थिए । त्यसबेला यसको मूल्य २ लाख ७४ हजार करोड रूपैयाँ थियो । पछि राष्ट्रपतिले यो सम्पत्ति आफ्नी छोरीलाई उपहार दिए ।

जरदारीका छोरा र पाकिस्तानका पूर्व विदेशमन्त्री बिलावल भुट्टोको पनि दुबईमा सम्पत्ति छ ।

उनीहरू बाहेक नवाज शरीफका छोरा हुसेन नवाज शरीफ, गृहमन्त्री मोहसिन नकवी, धेरै सांसद र विधायकको पनि दुबईमा करोडौंको सम्पत्ति छ ।

जापानी मिडिया निक्की एशियाले दुबई अनलक्ड रिपोर्टलाई उद्धृत गर्दै दुबईमा धेरै आतंकवादी संगठनका सदस्यहरूसँग पनि करोडौं रूपैयाँको सम्पत्ति रहेको बताएको छ ।

यसमा हुथी विद्रोही र लेबनानबाट सञ्चालित हिजबुल्लाह संगठनका सदस्यहरूको नाम समावेश छ।

हिजबुल्लाह संगठनका लागि मनी लान्ड्रिङ गरेको आरोपमा अली ओसिरनको बुर्ज खलिफामा सम्पत्ति छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्डको पनि दुबईमा सम्पत्ति छ । यो सूचीमा अवैध काम गरेको आरोप लागेका जापानका १ हजार व्यक्तिको नाम पनि समावेश छ।

बुर्ज खलिफामा रहेको एउटा कम्प्लेक्सको मूल्य ३ वर्षमा ५५ प्रतिशतले बढेको छ ।

बेलायती सम्पत्ति परामर्श फर्म नाइट फ्र्याङ्कका अनुसार सन् २०२० मा यहाँ घरको मूल्यमा तीन गुणा वृद्धि भएको थियो । सन् २०२१ देखि बुर्ज खलिफामा रहेको कम्प्लेक्सको मूल्य ५५ प्रतिशतले बढेको छ।

सन् २०२३ मा दुबईमा १० मिलियन डलर (लगभग ८३.४९ करोड भारू) मूल्यका ४३१ घरहरू बिक्री भएका थिए । यो विश्वको कुनै पनि सहरको तुलनामा सबैभन्दा बढी हो।

यस मामिलामा लन्डन २ सय ४० घरका साथ दोस्रो र न्युयोर्क २ सय ११ घर बिक्रीका साथ तेस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved