राप्रपा सांसद बस्नेत सहकारी ठगीमा संलग्न भएको आरोप , प्रहरीले खोजी गर्दै

नेपालभ्युज

राप्रपा सांसद बस्नेत सहकारी ठगीमा संलग्न भएको आरोप , प्रहरीले खोजी गर्दै

काठमाडौं । सहकारी ठगीमा नेताहरु मुछिने क्रम बढ्दै गएको छ । पछिल्लो समय राप्रपाकी सांसद गीता बस्नेतमाथि नवलपरासीको एउटा सहकारीको रकम अपचलन गरेको आरोप लागेको  छ।

राप्रपा सांसद गीता बस्नेतमाथि नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको प्रकरणमा मुछिएकी हुन् । बस्नेतसहित उनको समूहले रकम अपचलन गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रहरी अनुसन्धानले सांसद बस्नेतको संलग्नता खुलेपछि प्रहरीले पक्राउ गर्नका लागि अदालतसँग अनुमति लिइ पक्राउ पुर्जी जारी गरिसकेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । बस्नेत समानुपातिकबाट राप्रपाको सांसद बनेकी हुन् । बस्नेत राप्रपाको केन्द्रीय सदस्य समेत हुन् ।

सांसद सहितको समूहले डेढ करोड हिनामिना गरेको देखिएको छ । प्रहरीका अनुसार सो रकम गैरकानुनी रुपमा कृष्णसार नामक रिसोर्टमा लगानी गरेको खुलेको छ । सांसद बस्नेत अहिले फरार रहेको प्रहरीको भनाइ छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved